अपांगता भएका व्यक्तिहरुको प्रश्न : गुनासो कसले सुन्ने ? 

तेज बोहरा

धनगढी २८ कार्तिक/अपांगता भएका व्यक्तिहरुले संघिय तथा प्रदेश सभाका साँसद उम्मेदवारहरुबाट आफुहरुलाई वेवास्ता गरेको र आफ्ना समस्या सुन्न नचाहेको गुनासो गरेका छन् ।

सोमबार धनगढीमा ओपन सोसाइटी फाउन्डेसनको सहयोग डेक नेपाल र बास नेपालको संयुक्त आयोजनामा अपांगता भएका व्यक्तिहरु बिच उम्मेदवार कार्यक्रमका सहभागीहरुले उक्त गुनासो गरेका हुन् ।

उम्मेदवारहरुले अपांगताका सवालमा आफ्ना एजेन्डा सहित आफुहरुसंग मत माग्न आउनुपर्ने ठाउँमा उल्टै भाग्ने र वेवास्ता गर्ने गरेको गुनासो गरेका हुन् ।

दृष्टि बिहिन युवा संघका अध्यक्ष अर्जुन रावलले राजनीतिक दलहरुको नजरमा अपांगता भएका ब्यक्तिहरु खाली भोट बैंक मात्रै भएको बताए ।

निर्वाचनको समयमा उम्मेदवारले आफ्नो गुनासो सुन्न नचाहेको अर्का सहभागी रामचन्द्र जोशीले गुनासो गरे ।

कार्यक्रममा अन्य सहभागीहरुले समेत आफ्ना समस्या तथा गुनासो सुन्न नचाहने उम्मेदवारलाई आफुहरुले मतदान नगर्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै डेक नेपालका कार्यकारी निर्देशक देबिदत्त आचार्यले आगामी निर्वाचनमा अपांगता भएका व्यक्तिहरुको सहभागी र समावेशिताको मुद्दालाई उम्मेदवारहरुले संबेदनशिल रुपमा नलिएको बताए ।

उनले राज्यबाट पछाडी पारिएका ब्यक्तिहरुलाई राज्यले कसरी समाबेशी गराउने सरोकारवालाहरुको ध्यानाकर्षण हुनुपर्ने बताए ।

यस्तै कार्यक्रममा राष्ट्रिय अपांग महासंघ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष मानबहादुर साउँदले अपांगता भएका व्यक्तिहरुको सवाल उठान गर्न तथा उजागर गर्न युवाहरू लाग्नुपर्ने बताए ।

उनले मतदान स्थल अपांगमैत्री हुनुपर्ने, अपांगता भएका व्यक्तिहरुलाई छुट्टै लाइनको व्यवस्था हुनुपर्ने लगायतका माग राखे ।

त्यस्तै समग्रमा अपाङ्गता भएका व्यक्तीहरु दोस्रो दर्जा बाट हेरीनु भएन र अपाङ्गता भएका व्यक्तिहरुले निःशुल्क शिक्षा स्वास्थ्य, रोजगार, यातायातमा सरकारले गरेको ब्यस्था पुर्णरुपमा कार्यान्वयन गर्नु पर्ने धारणा राखे ।

उम्मेदवारहरुको तर्फबाट सहभागी नेपाली काङ्ग्रेस (बिपि) बाट कैलाली क्षेत्र नम्बर ५ प्रदेश सभा V का उम्मेदवार दिपक खैरले अपांगता भएका व्यक्तिहरुको समस्या महसुस गरेको र निर्वाचित भइसकेपछि अपांगता भएका व्यक्तिहरुको सवालमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमको समापन गर्दै पत्रकार उमिद बागचनले मतदाता शिक्षा प्रभाबकारी गराउन जरुरी रहेको बताए ।

कार्यक्रममा बास नेपालका तर्फबाट कार्यकारी निर्देशक नमस्कार शाह, जनसम्पर्क अधिकृत माधव कार्की, प्रदेश संयोजक पाण्डव पुजारा सहभागी रहेका थिए भने झण्डै एक सय भन्दा बढी अपांगता भएका व्यक्ति तथा सरोकारवालाहरुको उपस्थिति रहेकोे थियो । कार्यक्रम सञ्चालन बास नेपालका प्रदेश सदस्य तेज बोहराले गरेका थिए  ।

  • २९ कार्तिक २०७९, मंगलवार प्रकाशित

  • Nabintech