प्रहरी वरिष्ठ नायव निरीक्षक भण्डारीको निधन

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ प्रहरी वरिष्ठ नायव निरीक्षक प्रेम सिंह भण्डारीको निधन भएको छ ।

नेपालगञ्ज बिमानस्थलमा ईञ्चार्जको रुपमा कार्यरत भण्डारीको मंगलबार साँझ हृदयघातका कारण निधन भएको हो ।

नेपालगञ्ज बिमानस्थलमा ड्युटीमा रहेको बेला प्रहरी वरिष्ठ नायव निरिक्षक भण्डारी अचेत भई भुईंमा लडेका थिए ।

उनी लड्ने बित्तिकै उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुखको गाडीमा उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लैजाँलै गर्दा बाटैमा उनको निधन भएको हो ।

बाँकेका प्रहरी प्रमुख श्याम कृष्ण अधिकारीले उक्त घटनाको पुष्टि गर्दै दुःखद घटना भएको बताए ।

भण्डारी बिगत लामो समय देखि बिमानस्थलमा कार्यरत थिए ।

 

  • २९ कार्तिक २०७९, मंगलवार प्रकाशित

  • Nabintech