निर्वाचनको संघारमा पड्कियो नेपालगन्जमा बम

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्जको भृकुटीनगरमा बम पड्किएको छ ।

बुधबार साँझ भृकुटीनगरको एक घरमा बम पड्किएको हो । बम पड्किदा बम पड्काउने कार्यमा संलग्न तीन जना घाईते भएका छन् ।

घाईते एक जनालाई घटना स्थलबाट स्थानीयले र अर्का घाईतेलाई प्रहरीले उद्दार गरि भेरी अस्पतालमा पुर्याएका थिए । घाईते हुनेहरुमा डिल्लि क्षेत्री र धर्मराज सुनार रहेका छन् । उनीहरुको अस्पतालमा उपचार भईरहेको छ ।

स्थानीय श्रीकला मल्लको घरमा उक्त घटना घटेको हो । प्राप्त जानकारी अनुसार, मल्लको घरमा बहालमा बस्नेहरुबाट उक्त घटना घटेको हो ।

प्रहरीले घटना स्थलबाट एक मोटरसाइकल बरामद गरेको छ । घटना घटे लगत्तै प्रहरी घटनास्थल पुगेको छ । बम पड्काउने समूह कुन समूह हो भन्ने कुरा पुष्टि भईसकेको छैन । घटनामा संलग्न अन्य व्यक्तिहरु बारे जानकारी प्राप्त भएको छैन ।

बम बनाउने क्रममा बम पड्किकिएको हुन सक्ने आशँका गरिएको छ । घटना घटेको घरको उक्त कोठामा कुकर बम समेत रहेको पाईएपछि उक्त बम निष्क्रिय पार्न नेपाली सेनाको विशेष टोली घटना स्थल पुगेको छ ।

  • ३० कार्तिक २०७९, बुधबार प्रकाशित

  • Nabintech