भेटिए थप दुई बम

मन भण्डारी

नेपालगन्ज/ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित श्रीकला मल्लको घरमा थप दुई कुकर बम भेटिएका छन् ।

बुधबार बेलुकी ८:१० बजेतिर घरको कोठा भित्र बम बिस्फोट भए पछि खान तलासी गर्दा सुरक्षाकर्मीहरुले थप दुई कुकर बम फेला पारेका हुन् ।

नेत्र बिक्रम चन्द नेतृत्वको विप्लप समुहका कार्यकर्ताले बम बनाउने क्रममा बम बिस्फोट हुँदा उक्त बिस्फोटमा परेर विप्लव समुह समर्थित विद्यार्थी संगठनका जिल्ला अध्यक्ष सल्यान निवासी डिल्ली  बहादुर डिसी क्षेत्री र उक्त संगठनका कार्यकर्ता कैलाली निवासी धर्मराज सुनार घाइते भएका थिए । घाइते दुबै जनाको भेरी अस्पतालना उपचार भईरहेको छ । घाईते एक जनालाई स्थानीय र अर्कोलाई प्रहरीले अस्पताल पुर्याएका थिए । उनीहरु सख्त घाईते छन् ।

बम बनाउने कार्यमा संलग्न अन्य ३ जना घाइते भएको र घाईते अवस्थामै फरार रहेको जनाईएको छ । जानकारी अनुसार उक्त घरमा आदर्श भनिने बिप्लवका एक नेता बहालमा बस्ने गर्थे । अन्य व्यक्तिहरु आजनै उक्त कोठामा आएका थिए ।

भेटिएको कुकर बम निष्क्रिय पार्न घटानास्थलमा पुगेको नेपाली सेनाको बज्रदल गण राँझाको टोलीले बम निष्क्रिय पारेको छ ।

घटना स्थलमा स्थानीय र सुरक्षा निकायको बाक्लो उपस्थिति रहेको छ ।

  • ३० कार्तिक २०७९, बुधबार प्रकाशित

  • Nabintech