यि कार्य गर्न पाइदैन बिहिबार राती १२ बजेदेखि

असल शासन प्रतिनिधि

मंसिर १/ नेपालगन्ज/ मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि बिहिबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्बाचन आयोगले लागु गरेको आचारसंहिता अन्तर्गत यो आचारसंहित लागू हुनेछ ।

मौन अवधि सुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसार र मतदाताहरुलाई प्रभावित पार्ने कुनै कुनैपनि गतिबिधि गर्न पाइने छैन । यस्तै निर्बाचन लक्षित कुनै कुनै पनि छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यसाला गाष्ठिी आदि गर्न पाइदैन । मौन अवधिमा मतदान हुने दिनको ४८ घण्टा अघि मतदान स्थलको ३ सय मिटर वरपर राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामाग्री हटाउनु पर्ने हुन्छ । सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यामबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामाग्री पोष्ट वा शेयर गर्न पाइदैन ।

त्येस्तै निर्बाचन प्रचारप्रसार तथा मत माग्नका लागि साउण्ड सिस्टम, सर्ट मेसेज सर्भिस सामाजिक सञ्जाल तथा अन्य कुनै पनि साधन वा माध्यामको प्रयोग, बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज भतेर गर्न, जुलुस प्रदर्शन गर्न, मतदान केन्द्र रहेको घर, भवन वा स्थानमा मतदानलाई असर पर्ने गरी त्यसको वरीपरी कुनै निजी वा सार्वजनिक घर, भवन वा जग्गामा शान्ति भंग गर्न, भय, त्रास सिर्जना गर्न, निर्वाचनाको वातावरण बिथोल्ने कार्य गर्न नहुने, राजनीतिक दल तथा उम्मेदवार, दलका भातृ संगठनहरुले सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामाग्रि हटाउनुपर्ने, मतदान कार्य प्रारम्भ हुनुभन्दा ३ घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न ब्यक्ति वा कर्मचारीलाइ बाधा पु¥याने कार्य गर्न पाइदैन । त्यस्तै नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यमले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगले जनाएको छ ।

  • १ मंसिर २०७९, बिहीबार प्रकाशित

  • Nabintech