रकम बाडेको आरोपमा एमाले कार्यकर्ता पक्राउ

असल शासन प्रतिनिधि

निर्वाचनको मौन अवधिमा मतदातालाई रकम रकम बाडेको आरोपमा काठमाण्डौ क्षेत्र नं. ५ प्रदेशसभा (ख) का उम्मेदवार दीपक निरौला पक्राउ परेका छन् । नेकपा एमालेका उम्मेदवार निरौलासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

रकम बाडदै गरेको सूचना स्थानीयले प्रहरीलाई गरेका थिए । स्थानीयको सूचनाको आधारमा रकम रकम बाडेको आरोपमा एमाले कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरूलाई अहिले प्रहरी प्रभात बुढानिलकण्ठमा राखिएको छ । अहिले प्रहरी चौकीमा स्थानीयहरुले नाराबाची गरिरहेका छन् ।

  • २ मंसिर २०७९, शुक्रबार प्रकाशित

  • Nabintech