बाजुरामा गोलि चल्दा एकको निधन

असल शासन प्रतिनिधि

बाजुरा/ निर्वाचनका क्रममा बाजुरामा गोली चलेको छ । जसबाट एक जनाको मृत्यु भएको छ।

जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले एक जनाको मृत्यु भएको हो।

सोही ठाउँका सुरेन्द्र ऐडी (संजिव) को गोली लागेर मृत्यु भएको स्थानीयहरुले जनाएका छन् । उनीहरूका अनुसारज उक्त ठाउँको अवस्था त्रासपूर्ण छ। कोलाहल र रुवाबासी चलेको छ। स्थानीयले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् ।

गोली चलेपछि आधा दर्जन बढी स्थानीय घाइते भएका छन्। घाइतेहरुको पहिचान हुन सकेको छैन्। घाईतको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बाजुरा गएको छ। मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो ।

 

  • ४ मंसिर २०७९, आईतवार प्रकाशित

  • Nabintech