खाना खान गएका मतदान अधिकृत सुतेपछि

असल शासन प्रतिनिधि

दैलेख/ दैलेखको ठाँटीकाँध गाउँपालिकाको एक मतदान केन्द्रका मतदान अधिकृतले मतपेटिका मतदान गर्णना स्थल पठाउन छोडेर प्रहरी चौकीमा छाडेर हिँडेपछि विवाद सिर्जना भएको छ ।
गाउँपालिका वडा नम्बर २ पिपलचौतारास्थित जनता आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत ज्वालाप्रसाद खनालले ठाँटीकाँध प्रहरी चौकीमा मतपेटिका छाडेका हुन् । मतदान अधिकृत खनालले मतपेटिका प्रहरीको जिम्मा लगाइ दारु खाएर अर्कै ठाउँमा सुत्न गएको स्थानीयले आरोप लगाएका छन् । ठाटीकाँधको मतपेटिकाहरु राति १ बजे लोड गरेर मतगणना केन्द्र दुल्लूतर्फ ल्याइएको थियो । तर पिपलचौतारा बुथ केन्द्रका मतदान अधिकृत ज्वालाप्रसाद खनाल खाना खान गएकै ठाउँमा सुतपछि मतपेटिका लोड हुन छुटेको थियो ।

मतपेटिका छोडेको विषयमा बिबाद भएपछि सर्वदलीय बैठक बसेर छलफल गरी अहिले मतपेटिका सम्बन्धित ठाउँमा पठाएको बताइएको छ । उक्त मतदान केन्द्रबाट प्रहरी चौकी आउन झण्डै २० मिनेट समय लाग्छ । ठाटीकाँधका केही स्थानीय नेता, कार्यकर्ताले सुनियोजित तरिकाले लापरबाही भएको बताएका छन् । यो पालिका दैलेख क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार विनोद कुमार शाहको हो । दैलेखका मुख्य निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले घटनाको छानबिन हुने बताएका छन् ।

निर्वाचन अधिकृत खनालले गाडीमा ठाउँ नपुगेकाले मतपेटिका नपठाइएको बताएका छन् उक्त मतदान केन्द्रमा रहेका ५ वटा मतपेटिका बाहेक ठाटीकाँध गाउँपालिका अन्तर्गत सबै मतदान केन्द्रका मतपेटिका रातीनै दुल्लू आइसकेका थिए । रातभरी मतपेटिका छाडेर सुतेपछि मतपेटिकामा शंका गर्ने ठाउँ रहेको स्थानीयले बताएका छन् ।

  • ५ मंसिर २०७९, सोमबार प्रकाशित

  • Nabintech