भ्रष्टाचार बिरुद्ध नेपालगन्ज वाकाथन हुने

असल शासन प्रतिनिधि

भ्रष्टाचार बिरुद्ध दोस्रो नेपालगन्ज वाकाथन’ हुने भएको छ । भ्रष्टाचार विरुद्ध देशैभरी काम गरिरहेको बासले भ्रष्टाचार बिरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा नेपालगन्जमा वाकाथन गर्ने तयारी सुरु गरेको छ ।

मंसिर २३ गते आयोजना गरिने वाकाथनलाई भव्य बनाउन तयारी सुरु गरेको बासले जनाएको छ । अघिल्लो वर्षदेखि सुरुवात गरिएको वाकाथनले भष्ट्राचार विरुद्ध जागरण ल्याउने उद्देश्य लिएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले बताए । भष्ट्राचार विरुद्ध काम गरिरहेको बास नेपालले हरेक वर्ष भष्ट्राचार विरुद्धको दिवसमा बिभिन्न कार्यक्रम गर्दै आएको छ । भ्रष्टाचार बिरुद्ध वाकाथनलाई सफल पार्न बिभिन्न संघसंस्था तथा निकायहरुसंग समन्वय गरिने बासले जनाएको छ ।

कार्यक्रामा सरकारी निकाय, गैरसरकारी संस्था, ब्यवसायिक प्रतिष्ठान, विभिन्न समिति तथा संगठनहरु, शैक्षिक क्षेत्र लगायत आम नागरिकहरुको उल्लेख्य सहभागिता रहनेछ । कार्यक्रममा भ्रष्टाचार बिरुद्धका नाराहरु अंकित प्लेकार्ड, झाँकी प्रदर्सन, राष्ट्र भक्तीपूर्ण गितहरुमा सास्कृतीक प्रस्तुतीकरण तथा गितहरु प्रस्तुत गरिनेछ ।

  • ७ मंसिर २०७९, बुधबार प्रकाशित

  • Nabintech