बाँके क्षेत्र नम्बर २ बाट डा. धवलसम्शेर राणा निर्वाचित

असल शासन प्रतिनिधि

नेपालगन्ज । प्रतिनिधी सभा क्षेत्र नम्बर २ मा राप्रपाका महामन्त्री डा. धवलसम्शेर राणा निर्वाचित भएका छन् । डा. राणाले २९ हजार ५ सय ७७ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रहेका पुर्वमन्त्री मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतको अन्तरले हराउँदै राणा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए । राईले २३ हजार ५ सय २० मत प्राप्त गरे ।


सबैभन्दा बढी मत प्राप्त गर्ने राणालाई प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरिएको उनले बताए । दुई दिनसम्म लगातार चलेको मतगणनाको अन्तिम परिणामबाट राणा निर्वाचित भएका हुन् । यस्तै नेपाली काँग्रेसका सुदीपनरसिंह राणाले ४ हजार ४ सय ३ मत प्राप्त गरेका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका बिनोदकुमार अग्रहरीले १ हजार ३ सय ३३ मत प्राप्त गरेका छन् ।
उक्त क्षेत्रमा राप्रपाका महामन्त्री राणालाई नेकपा एमालेको समर्थन रहेको थियो भने, नेपाली काँग्रेससहित पाँच दलिय गठबन्धनले सुदीनरसिंह राणालाई अगाडी सारेको थियो । राणाले यसअघि दुई पटक नेपालगन्जको मेयर भएर काम गरेका थिए ।

  • ७ मंसिर २०७९, बुधबार प्रकाशित

  • Nabintech