नेता कोइरालालाई मातृशोक

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपाली काँग्रेस बाँकेका निर्वतमान सभापति किरण कोइरालालाई मातृशोक परेको छ ।

कोईरालाकी ९४ बर्षिय ममतामयी माता नानुदेवी शर्माको ९४ बुधवार बिहान उपचारका क्रममा निधन भएको हो ।

श्वास प्रश्वास सम्बन्धी समस्या भएपछि उनलाई भेरी अस्पताल नेपालगन्जको आईसियु कक्षमा भर्ना गरिएको थियो ।

स्वर्गिय नानुदेवीको हिन्दु परम्परा अनुसार धार्मिक विधिपुर्वक बुधबार सिधनियाघाटमा अन्त्येष्टी गरिएको छ ।

शर्माको पार्थिव शरिरमा नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल र नेता अजितकुमार शर्माले संयुक्त रुपमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली ब्यक्त गरेका थिए । सो क्रममा श्रद्धाञ्जली स्वरुप १ मिनेट मौनधारण गरिएको थियो ।

अन्तिम दाहसंस्कारमा बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर २ का नवनिर्वाचित सांसद डा. धवलसम्शेर राणा, स्थानीय जनप्रतिनिधीहरु, बिभिन्न पार्टीका नेता, कार्यकर्ता, परिवारका सदस्य, आफन्तजन, सञ्चारकर्मी, सर्बसाधारण सहभागी भएका थिए ।

स्वर्गिय नानुका तीन छोरी छन् । जेठी छोरी किरण, माईली छोरी उषा ढुंगाना र कान्छी छोरी निशा शर्मा हुन् । स्वर्गिय नानुदेवीका नातिनी दिक्षा कोइराला नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य र नाति सुधान्सु कोईराला बाँके जिल्ला सचिव छन् ।

  • ७ मंसिर २०७९, बुधबार प्रकाशित

  • Nabintech