को हुन् धवल शमशेरका प्रस्तावक र समर्थक ?

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँके क्षेत्रनम्वर २ बाट प्रतिनिधि सभा सदस्य पदमा डाक्टर धवल शमशेर राणा अपार मतका साथ निर्वाचित भएका छन् ।

दुई कार्यकाल नेपालगन्जको मेयर बनेका राणा जनता माझ अति लोकप्रिय छन् । उनको लोकप्रियतानै जितको प्रमुख कारण हो ।

स्वच्छ छबि, सरल, सहज व्यवहार, भ्रष्टाचार बिरोधि व्यक्तित्व, आफुले पाउने पारिश्रमिक समाजसेवामा खर्चिने बिरलै नेताहरु मध्येका प्रमुख पात्र धवलको यो पहिलो संसदिय यात्रा हो ।

उनको बिजय पछाडीका धेरै कारणहरु छन् । उनको पार्टी राप्रपाको व्यापक परिचालन, लामो समय देखिको प्रचार-प्रसार, एमालेसङ्गको गठबन्धन, अन्य पार्टीका नेताहरुको सहयोग, सदासयता, राणाले अघि सारेको भ्रष्टाचार विरुद्धको एजेन्डा, डुडुवा केन्द्रित प्रचार, संगठन बिस्तार, बौद्धिक व्यक्तिहरुको साथ, राणाको गर्बिलो बिगतका कारण धवलले जित हात पारे ।

मजवुत प्रतिस्पर्धीलाई पराजित गर्नु त्यति सहज थिएन धवललाई । धेरै अदृश्य नायकहरुको अनवरत सहयोग र साथले धवल जनताको मन-मनमा बस्न सफल भए । उनको जित पछाडीका धेरै अदृश्य नायकहरु मध्येका दुई नायक हुन् – सुरत पुरुष र दिपक सिंह ।

धेरैलाई थाह नहुन सक्छ उनीहरु को हुन् भनेर । पुरुष र सिंह धवलका प्रस्तावक र समर्थक हुन् । धवलले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्दा पुरुष र सिंहले प्रस्ताव र समर्थन गरेका थिए । उनीहरु दुई जना सहित डाक्टर धवल शमशेरले प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको दर्शन गरि उम्मेदवारी दर्ता गरेका थिए ।

प्रस्तावक र समर्थकको जिम्मेवारीमा रहनु पूर्व समय देखि धवलको सचिवालयमा रहेका उनीहरुले बिजय यात्रासम्म दरिलो साथ दिए । पुरुष राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय सदस्य हुन् भने सिंह संगठनका नगर उपाध्यक्ष हुन् ।

  • ७ मंसिर २०७९, बुधबार प्रकाशित

  • Nabintech