नेपालगन्जको जेलरोडमा ३० बर्षिया युवकले गरे आत्महत्या

प्रेमिकासँगको विवाद आत्महत्याको कारण

असल शासन प्रतिनिधि

नेपालगन्जको जेलरोडमा ३० बर्षिया युवकले गरे आत्महत्या

नेपालगन्ज । नेपालगन्जको जेल रोडमा डेरा गरि बस्दै आएका एक युवकले बिहिबार राति आत्महत्या गरेका छन् ।
प्रेमिकासँग विवाद भएपछि उनले आफु बस्दै आएको कोठाको पंखामा झुण्डीएर आत्महत्या गरेका हुन् । बर्दियाको भुरिगाँउ घर भएका करिब ३० बर्षका गुणनिधि चौधरी राति करिब १ः३० बजेतिर झुण्डीएको अनुमान गरिएको छ । विगत केही बर्ष देखी नेपालगन्जमा रहेर एमआरको काम गर्दै आएका उनकोको नेपालगन्ज स्थित एक रेष्टुरेन्टमा काम गर्दै आएकी अन्तरजातिय युवतिसँग प्रेम सम्बन्ध रहेको बुझिएको छ ।
प्राप्त जानकारी अनुसार बिहिबार राति करिब ९ः३० बजे सम्म मृतक चौधरी नजीकै साथिहरुको कोठामा थिए । साथिहरुसँग खानपिन पछि आफ्नो प्रेमिकासँग फोनमा कुरा गर्दै कोठा फर्किएका उनले केही घण्टा पछि आत्महत्या गरेका थिए ।
जानकारी अनुसार उनले आत्महत्या गर्नुपूर्ब प्रेमिकालाई आत्महत्या गर्दैछु भनेर जानकारी गराएका थिए । प्रेमिले आत्महत्या गरिरहेको भन्ने जानकारी पाएपछि प्रेमिका उनको कोठामा आएको र झुण्डीएको अवस्थामा रहेका चौधरी झुण्डीएको डोरी काटेको बुझिएको छ । तब सम्म चौधरीको मृत्यु भईसकेको रहेछ एक स्थानीयले असल शासन मिडियालाई बताए । घट्नाको प्रक्रिती हेर्दा उनले तन्ना चयातेर डोरी बनाएर त्यही डोरीले झुण्डीएको देखिएको छ भने उनको लास अर्धनग्न अवस्थामा कोटाको भुईमा राखिएको छ ।
घट्ना बाहिर आएपछि अहिले घट्ना स्थलमा स्थानीयसँगै प्रहरी पुगेको छ । यो समाचार तयार पार्दा सम्म प्रहरीले घट्नाको पोष्टमाटम रिपोर्ट तयार गरीरहेको छ । घट्ना स्थलमा रहेका एक स्थानीयले दिएको जानकारी अनुसार उनकी प्रमिका भनीएकी युवति अहिले नेपालगन्ज स्थित भेरी अस्पतालमा रहेको बुझिएको छ ।
मृतक चौधरी असामान्य अवस्थामा नरहेको र एकाएक आत्महत्याको निर्णमा कसरी पुगे उनका साथिहरु आश्चर्यमा परेका छन् ।

  • ९ मंसिर २०७९, शुक्रबार प्रकाशित

  • Nabintech