रनियापुरमा मासु बरामद

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ८ स्थित रनियापुरबाट गाई, गोरुको मासु प्रहरीले बरामद गरेको छ ।

मासु कोहलपुर लैजाने क्रममा बरामद गरिएको हो ।

खजुराको इलाका प्रहरी कार्यालय धनौली बाट खटिएको टोलिले बैजनाथ गाउँपालिका वडा नम्बर ८ मा पर्ने सडकबाट बाट अटो रिक्सामा लोड गरिएको बोरामा राखिएको मासुलाई बरामद गरेको हो ।

बाँकेको खजुरा रनियापुर क्षेत्रमा गाईको मासु काटेर बिक्रि हुँदै आएको यस अघिका घटनाहरुबाट पुष्टि हुँदै आएको छ ।

१३ वटा बोरामा रहेको गाई, गोरुको मासु बरामत गरि इलाका प्रहरीले आफ्नो कार्यालयको परिसरमा खाल्डो खनेर पुरेको बताएको छ ।

झण्डै ६ कुइटल ५० केजि बढि मासु बरामद गरेको इलाका प्रहरी कार्यालय धनौलीले गाईको मासु हो या होइन भनेर ल्याव परीक्षणको लागि ल्यावमा पठाईएको जनाएको छ ।

 

  • ९ मंसिर २०७९, शुक्रबार प्रकाशित

  • Nabintech