नेपालगन्ज वाकाथनको तयारीलाई तिब्रता दिईदै

भब्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमिति गठन

असल शासन प्रतिनिधि

नेपालगन्ज/भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा डिसेम्वर ९ (मंसिर २३ गते) नेपालगन्जमा हुन लागेको भ्रष्टाचार बिरुद्ध नेपालगञ्ज वाकाथन (Nepalgunj Walkathon) को तयारीलाई तिब्रता दिईएको छ ।
नेपालगन्ज वाकाथन तयारी मुल समिति संयोजक रमेश सिटौलाको संयोजकत्वमा आज बसेको बैठकले कार्यक्रमको कार्यतालिका र विभिन्न उपसमिति गठन गरेको छ । बैठकले कार्यक्रमलाई ब्यवस्थित, मर्यादित र सबैको साझाँ कार्यक्रमको रुपमा स्थापित गर्न यस क्षेत्रका सबै बर्ग र क्षेत्रको सहभागिता हुने गरी तयारीलाई तिब्रता दिने निर्णय गरेको छ ।
भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं (lets walk together for Anti–corruption) भन्ने नाराका साथ आयोजना हुने कार्यक्रमको व्यवस्थापनका लागि बासका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्मालाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । यसैगरी आर्थिक उपसमिति संयोजकमा मन भण्डारी, समारोह ब्यवस्थापन उपसमिति संयोजकमा अन्तरालका प्रमुह कार्यकारी जय नारायण शाह, समनवय उपसमिति संयोजकमा नमस्कार शाह, सास्कृतीक उपसमिति संयोजकमा रबिन्द्र बोहरालाई जिम्मेवारी तोकिएको छ । कार्यक्रमको प्रचार प्रसार उपसमितिको जिम्मेवारी बासका निर्देशक हेमराज भट्टलाई दिईएको छ ।


यसैगरी बैठकले वाकाथनको रुट फाईनल गरेको छ । नेपालगञ्जको गणेशमान चौकबाट शुरु भई जिल्ला प्रशासन कार्यालय, त्रिभुवन चौक हुदै बिपि चौकमा गएर समापन हुने कार्यतालिका रहेकोछ । वाकाथनमा साँस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन, सडक नाटक, पर्चा, पम्लपेट बितरण, बिभिन्न प्रतियोगिता लगायतका गतिविधिहरु हुने छन् । कार्यक्रममा जो कोही पनि स्वस्फूर्त रुपमा सहभागि भई भ्रष्टाचार बिरुद्धको अभियानमा समर्थन गर्न सरोकारवाला तथा आम नागरिकहरुमा अपिल गरिएको छ । दोश्रो पटक गर्न लागिएको वाकाथनले भ्रष्टाचार बिरुद्ध जागरण ल्याउने र नेपालगञ्जको पहिचानलाई व्यापकता दिने अपेक्षा गरिएको छ । २००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसँघिय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसँघिय महासन्धि पारित भएको थियो ।

यसैगरी बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा बसेको बास सचिवालय बैठकले बासको २२औं बार्षिकोत्सबलाई भब्यताका साथ सम्पन्न जिम्मेवारी वाडफाड गरेको छ । मंसिर २४ गते नेपालगन्जमा हुने बार्षिकोत्सबको तयारीका लागि बोर्षिकोत्सब समारोह ब्यवस्थापन समिति संयोजकमा बासका निर्वतमान अध्यक्ष रमेश सिटौलालाई जिम्मेवारी प्रदान गरिएको छ । यसैगरी समन्वय समिति संयोजकमा हेमराज भट्ट, स्वयम्सेवक समितिमा तपेन्द्र बहादुर मलाती, सास्कृतीक समितिमा दिला शाह, आर्थिक समितिमा कल्पना अधिकारी र उत्कृष्ट शाखा तथा कर्मचारी छनौट समितिको संयोजकमा शिब कुमार बर्मालाई जिम्मेवारी दिईएको छ ।

  • १२ मंसिर २०७९, सोमबार प्रकाशित

  • Nabintech