कपडा बैंकलाई कपडा सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बास नेपालद्वारा नेपालगन्जमा सन्चालित कपडा बैंकलाई विभिन्न क्षेत्र तथा ब्यक्तिहरुले कपडा दिने कार्य निरन्तर चलिरहेको छ ।
“हुनेले दिउँ, नहुनेले लैजाऔं” भन्ने मुल नाराका साथ बास नेपालले स्थापना गरेको कपडा बैंकलाई आईतबार अल्पाईन म्यानेजमेन्ट कलेज नेपालगन्जले कर्पोरेट सामाजिक दायित्व अन्तर्गत बास नेपालद्वारा संचालित कपडा बैंकलाई न्यानो कपडा प्रदान गरेको छ  ।

कलेजका प्रमुख केशव पथिक, सहायक कलेज प्रमुख बिकास शाही, सुसिल नेपाली, रबि थापा, रोशन डाङ्गी, प्रार्थाना श्रेष्ठ लगायतले बासको केन्द्रीय कार्यालयमा पुगेर कपडा हस्तान्तरण गरेका थिए ।

बास नेपालका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह लगायतपे कपडा ग्रहण गरेका थिए ।

सो अवसरमा बोल्दै कलेज प्रमुख पथिकले सामाजिक कार्यमा अग्रणी संस्था बास नेपालबाट प्रभाबित भएको उल्लेख गर्दै बाससङ्ग सहकार्य गर्न पाउँदा खुसि लागेको बताए ।

  • १३ मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech