सतखलुवामा बनभोज भव्य

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बास नेपालले आफ्नो बार्षिक कार्ययोजना अनुरुप विभिन्न रचनात्मक कार्यक्रमहरुको साथ मैत्रीपुर्ण बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार बर्दियाको सतखलुवामा आयोजित मैत्रीपुर्ण बनभोज कार्यक्रममा विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरुको आयोजना गरी माहोललाई थप रोमान्चक पारिएको थियो ।

बनभोज कार्यक्रमलाई थप ब्यबस्थित बनाउन औपचारीक रुपमा सन्चालन गरिएको कार्यक्रममा उपस्थित सहभागीहरुको परिचयका साथै केन्द्रीय सचिब दिला शाह, केन्द्रीय सदस्य तपेन्द्र मलाती, बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गित, गजलहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बासकी ईन्टर्न नानिमैया जैशीले भ्रष्टाचार विरुद्धको गीत प्रस्तुत गरेकी थिइन् ।  बास नेपालका कार्यक्रम व्यवस्थापक मन भन्डारीले “भन्डारीको चौतारी” कार्यक्रम सन्चालन गरेका थिए ।

औपचारीक कार्यक्रम पश्चात विभिन्न खेलहरु सन्चालन गरिएको थियो भने बास नेपालका पदाधिकारी र कर्मचारीहरु बिच डोरी ताने खेल खेलिएको थियो सो खेलमा कर्मचारीहरुको समूह बिजेता बनेको थियो ।

त्यस्तै घैटो फुटाउने खेलमा ३५ जना सहभागी रहेका थिए भने खेलमा अछाममा जन्मेर नेपालगन्जलाई कर्मथलो बनाएका तीन युवा बिजेता बनेका थिए । जसमा नमस्कार शाह, अशोक रावल र खेम बिस्ट रहेका थिए ।

कार्यक्रममा असल शासन मिडियाका सन्चालक समिति सदस्य पुरण थारु, कलाकार श्रीदेबी थारु लगायतको उपस्थिति थियो ।

कार्यक्रममा बास नेपालको देउसी भैलो कार्यक्रममा उत्कृष्ट नृत्य प्रस्तुत गर्ने सुनिता परियार र प्रतिका पुन मगरलाई बास नेपालका निबर्तमान अध्यक्ष रमेस सिटौलाले नगद पुरस्कार प्रदान गरेका थिए ।

बनभोज कार्यक्रममा ७५ जना सहभागि रहेका थिए । कार्यक्रमको  संयोजन मन भन्डारीले गरेका थिए । कार्यक्रमको अध्यक्षता केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले गरेकि थिईन् भने कार्यक्रम सञ्चालन कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।

  • १३ मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech