राष्ट्रिय अपाङ्ग महासँघको महाधिवेशन शुरु, अध्यक्षका लागि चार उम्मेदवार

असल शासन प्रतिनिधि

नेपालगन्ज/ अपांगताका क्षेत्रमा कार्यरत गैससहरुको छाता संगठन राष्ट्रिय अपांग महासंघ नेपालको २१ औं वार्षिक साधारण सभा तथा नवौं महाधिवेशन नेपालगन्जमा सुरु भएको छ ।

महाधिवेशनको उद्घाटन उच्च अदालत नेपालगन्ज ईजलाशका मूख्य न्यायाधीश माननीय रतन बहादुर बागचनले गरेका थिए

देशभरबाट आएका ७ सय ८७ जना महाधिवेशन प्रतिनिधि सहभागी रहेको महाधिवेशनको उद्घाटन शर्त र बन्द शर्त सम्पन्न भएको छ भने निर्वाचन भोलि हुनेछ ।

नयाँ नेतृत्वका लागि चार जनाको उम्मेदवारी परेको छ ।

उम्मेदवारी दर्ता गर्नेहरूमा राष्ट्रिय अपांग महासंघकी निर्वतमान केन्द्रिय उपाध्यक्ष रमा ढकाल, केन्द्रिय कोषाध्यक्ष केपी अधिकारी, लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष देवीदत्त आचार्य, गणेश बहादुर खत्री र अनुशासन आयोगका निर्वतमान अध्यक्ष टेकनाथ न्यौपानेले पनि आकांक्षा राखेका हुन् ।

महाधिवेशन नेपालगन्जको बालेगाउँ स्थित मेरो प्लानेटमा भइरहेको छ ।

  • १३ मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech