लैङ्गीक हिँसा विरुद्धको १६ दिने राष्ट्रिय अभियान धनगढीमा

असल शासन प्रतिनिधि

धनगढी । संघिय राजधानि बाहिर पहिलो पटक सुदूरपश्चिम प्रदेशको धनगढीमा लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियान अन्तरगत साझाँ राष्ट्रिय कार्यक्रम गरिएकोछ। बुधबार धनगढी उपमहानगरपालिका परिसरमा लैङ्गिक हिँसा अन्त्य गरौं र एक हौं भन्ने मुल नाराका साथ लैङ्गिक हिसां विरुद्धको १६ दिने अभियान युरोपियन युनिएनको अगुवाईमा भएको हो ।
सामाजिक बिकास मन्त्रालय सुदुरपश्चिम प्रदेश, धनगढी उपमहानगरपालिका र युएन एजेन्सीहरुले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रको सहभागिता रहेको थियो। कार्यक्रममा युरोपियन युनियन विकास सहायता संयोजक मार्को गेमरले लैङ्गिक हिसां विरुद्धको १६ दिने अभियान पहिलोपटक काठमाण्डौं बाहिर सुदूरपश्चिमबाट सुरु गरिएको बताए । उनले सुदूरपश्चिममा हुने विभिन्न प्रकारका हिँसा अन्त्यको लागि सबैले एकजुट हुनुपर्ने धारणा व्यक्त गरे ।


त्यस्तै युनिसेफका नेपाल प्रमुख एलके वेसले कार्यक्रममा मन्तव्य व्यक्त गरेकि थिइन् । उनले लैङ्गिक हिँसा अन्त्यको लागि १६ दिने अभियान मनाउने गरिएको र यो अभ्यास अन्र्तराष्ट्रिय रुपमा समेत रहेको बताइन् । युनिसेफ नेपालको सहयोगमा बासद्धारा सञ्चालन बाल संरक्षण कार्यक्रम अन्तरगत धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानमा गरिएको सहयोग पाएका परिवारमा गरेको अनुभव सुनाउदै आयआर्जनले आत्म निर्भर बनाउने बताईन् । उनले हिँसा अन्त्यको लागि विकास साझेदार संस्थाहरुले काम गरिरहेको बताइन् । हिँसा अन्त्यका लागि नेपाल सरकार, गैर सरकारी संस्था सबैले एकजुट भएर लाग्नुपर्नेमा उनको जोड थियो । उनले बुधबार बिहान मात्रै धनगढी उपमहानगरपालिका वडा नम्बर १२ र वडा नम्बर ७ मा गएर हिँसा प्रभावित महिला तथा किशोरीहरुलाई भेटेकी थिइन् ।


सो अवसरमा सरोकारवालाहरु बिच अन्तरक्रिया, हिँसा प्रभावित महिलाको अनुभव आदान प्रदान, हिसां विरुद्ध नाटक प्रर्दशन र समुह छलफल आयोजना गरिएको थियो । कार्यक्रममा नेपालका लागि फिन्ल्याण्डका राजदुत पेट्री एन्टीनीओ, युनिसेफ नेपाल फिल्ड कार्यालय नेपालगन्जका प्रमुख दिपक श्रेष्ठ, सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयका निमित्त सचिव, धनगढी उपमहानगरपालिका उप प्रमुख लगायत विभिन्न सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

  • १५ मंसिर २०७९, बिहीबार प्रकाशित

  • Nabintech