राप्तीसोनारी गाउँपालिकाले गर्यो सार्बजनिक सुनुवाइ

सुनुवाइबाट नौ बुँदे प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ ९ बुँदे सार्बजनिक प्रतिबदताको घोषणा गर्दै राप्तीसोनारी गाँउपालिकाको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

राप्तीसोनारी गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजकिरणमा गाउँपालिकाको प्राङ्गणमा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको थियो ।

स्थानिय पालिकहरुले नागरिकहरुलाई दिने सेवा सुबिधाको बिषयलाई प्रभावकारी बनाउन र स्थानिय सरकारले सार्बजनिक सेवा प्रवाहलाई पारदर्शि, उत्तरदायी र जवाफदेही बनाउन आयोजना गरिएको सार्बजनिक सुनुवाईमा जफावदेही ब्यक्तिको रुपमा पालिकाका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्यहरु, बिभिन्न वडाका वडाध्यक्षहरु जवाफदेहही बक्ताको रुपमा सहभागी थिए ।

सुनुवाइको अन्तमा जारी प्रतिबद्धतामा उपभोक्ता समिति र टोल बिकास समितिको काम कर्तब्य र अधिकार बारे अभिमुखीकरण प्रदान गर्ने, पालिका वडाबाट सञ्चालित सम्पुर्ण योजनाहरु अनिबार्य रुपमा निति सम्मत तवरले सार्बजनिक गर्ने, पालिकाका बिभिन्न सार्बजनिक स्थानहरुमा बढ्दो सुर्तिजन्य पदार्थको प्रयोग रोक्न पहल गर्ने पालिकाको सेवा सुबिधा बारे नागरिकहरुको गुनासो सुनुवाई गर्ने, अबैध ढुङ्गा गिट्टि निकासीलाई रोक्ने र वडा नं ६ को सिद्देश्वर स्कुल पछाडी रहेको सडक निर्माणका लागि पहल गर्ने लगायत रहेका छन्  ।

दुई सय जना सहभागी रहेको उक्त सार्बजनिक सुनुवाई कार्यक्रममा बास नेपालका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्माले स्वागत गरेका थिए भने कार्यक्रको सञ्चालन बास नेपालका कार्यक्रम व्यवस्थापक मन भण्डारीले गरेका थिए ।

  • १५ मंसिर २०७९, बिहीबार प्रकाशित

  • Nabintech