राष्ट्रिय अपांग महासघ नेपालको केन्द्रीय अध्यक्षमा देबिदत्त

असल शासन प्रतिनिधि

नेपालगन्ज/ अपाङ्गता भएका व्यक्तिहरुको हकहितका लागि क्रियाशिल गैरसरकारी संस्थाहरुको छाता संगठन राष्ट्रिय अपांग महासंघ नेपालको केन्द्रीय अध्यक्षमा बाँकेका देबिदत्त आचार्य निर्वाचित भएका छन् ।

मंसिर १३ र १४ गते नेपालगन्जमा सम्पन्न महासँघको ९ औं महाधिबेशन तथा २१ औं साधारणसभामा निकटतम प्रतिद्वन्दी गणेश बहादुर खत्रीलाई पराजित गर्दै केन्द्रीय अध्यक्षमा निर्वाचित भएका हुन् ।

नेपालगन्जको मेरो प्लानेटमा सम्पन्न महाधिवेशनमा ७७ जिल्लाका ४ सय संस्थाका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

दुई दशक देखि अपांगता भएका व्यक्तिहरुको हकहितका लागि क्रियाशिल आचार्य बिभिन्न समूहहरूमा आबद्ध हुँदै सामाजिक संस्थाहरुमा संलग्न भएका हुन् । अधिकारमुखि अवधारणा बिज्ञ मानिने आचार्य सामुहिक वकालतमा अब्बल मानिन्छन् ।

नवजीवन अपांग केन्द्र कोहलपुरको अध्यक्ष, डेक नेपालको अध्यक्ष हुँदै हाल उक्त संस्थाको कार्यकारी निर्देशकको रूपमा उनी कार्यरत छन् ।

२०५८ सालमा राष्ट्रिय अपांग महासंघ नेपालको मध्यपश्चिम क्षेत्रको तदर्थ समितिको कोषाध्यक्ष रहेका उनी २०६० देखि २०६८ साल सम्म क्षेत्रीय अध्यक्षको जिम्मेवारीमा रहे । उनले दोश्रो कार्यकालको पनि नेतृत्व लिए २०६८ माघ देखि २०७४ असोज ३० सम्म ।

दुई कार्यकाल महासंघको केन्द्रीय सदस्यको जिम्मेवारी बहन गरेक उनी २०७४ साल असोज ३० गते लुम्बिनी प्रदेशको अध्यक्षमा निर्वाचित भए । २०७९ जेष्ठ ३० सम्म प्रदेश अध्यक्ष रहेका उनले नेतृत्व हस्तान्तरण गरे । हाल लुम्बिनी प्रदेशको अध्यक्ष होमनाथ अधिकारी छन् ।

२०६० देखि हाल सम्म महासँघको नेतृत्वमा रहेका उनले हरेक निर्वाचन जितेका थिए ।

राष्ट्रिय अपाङ्ग कोषको एक कार्यकाल सदस्य रहेका उनी राष्ट्रिय शारीरिक अपाङ महासँघको केन्द्रीय कोषाध्यक्ष छन् ।

महाधिवेशनको उद्घाटन उच्च अदालत नेपालगन्ज ईजलाशका मूख्य न्यायाधीश माननीय रतन बहादुर बागचनले गरेका थिए ।

महाधिवेशनमा देशभरबाट ७ सय ८७ जना महाधिवेशन प्रतिनिधि सहभागी थिए ।

नयाँ नेतृत्वका लागि चार जनाको उम्मेदवार प्रतिस्पर्धामा थिए ।

जसमा निर्वाचित केन्द्रीय अध्यक्ष देबिदत्त आचार्य सहित राष्ट्रिय अपांग महासंघकी निर्वतमान केन्द्रिय उपाध्यक्ष रमा ढकाल, केन्द्रिय कोषाध्यक्ष केपी अधिकारी, अपाङ्गता अधिकारकर्मी गणेश बहादुर खत्री थिए भने अनुशासन आयोगका निर्वतमान अध्यक्ष टेकनाथ न्यौपानेले आकांक्षा राखे पनि अन्तिम प्रतिस्पर्धामा देखा परेनन् ।

  • १५ मंसिर २०७९, बिहीबार प्रकाशित

  • Nabintech