मण्टेश्वरी विधि प्रदर्शनी हुँदै

असल शासन प्रतिनिधि

मण्टेश्वरी विधि प्रदर्शनी हुँदै

नेपालगन्ज/ मण्टेश्वरी एशोसियसन बाँकेको आयोजनामा शनिबार “मण्टेश्वरी विधि प्रदर्शनी” कार्यक्रम हुने भएको छ । कोहलपुर नगरपालिकाको सभाहलमा हुने उक्त कार्यक्रममा १२ वटा मण्टेश्वरी बिद्यालयहरुको सहभागिता रहने छ ।

प्रदर्शनीले मण्टेश्वरी बिधिको प्रयोग र उपयोगिताको बारेमा सम्पुर्ण अभिभावक र अन्य सहभागिहरुले बुझ्ने, बालबालिकाहरुको सामुहिक क्षमता अभिबृद्धि गर्ने साथै बिद्यालय बिद्यालय बिचको अन्तर सम्बन्ध र अन्र्तनिहित ज्ञान अभिपे्ररित गर्ने कार्यक्रम संयोजक तथा एशोसियसनकी कोषाध्यक्ष खिमा थापाले जानकारी दिइन् । कार्यक्रम सफल बनाउन सबै क्षेत्रबाट सहयोग र योगदान रहने बिश्वाश लिएको थापाको भनाइ छ । मण्टेश्वरी शिक्षा व्यवहारिक शिक्षा भएकोले मण्टेश्वरीमा अध्यय्नरत २ देखि ७ वर्ष मुनिका बालबालिकालाई व्यवहारिक शिक्षा प्रदान गर्न मण्टेश्वरी विधिका प्रणेता इटालियन डा. मारिया मण्टेश्वरीको अवधारणाबाट यो विधि विश्वव्यापी प्रचलनमा आएको थापा बताउँछन् ।

बाँके जिल्लामा करिब १४ वर्ष अगाडी देखि मण्टेश्वरी बिद्यालय सञ्चालनमा आएता पनि मण्टेश्वरी विधि प्रतिको आम बुझाई फरक रहेकोले एशोसियसनले “मण्टेश्वरी विधि प्रदर्शनी” कार्यक्रम २०७६ फाल्गुनमा नेपालगन्ज स्थित भेरी प्राविधिक शिक्षालयको सभाहलमा आवद्ध मण्टेश्वरी बिद्यालयहरुको सहभागितामा सफलतापुर्वक सम्पन्न गरिसकेको छ । प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य र योजना लिएको एशोसियसनले विगत २ बर्ष कोभिड महामारीले आयोजना हुन नसकेका मण्टेश्वरी बिधि प्रदर्शनी लगायत अन्य विभिन्न कार्यक्रमहरु पुनः यो बर्ष देखि निरन्तरतामा ल्याएको छ । सोही लक्ष्य र योजना अनुरुप यही शैक्षिक सत्र शुरु भए सङ्गै अभिभावक शिक्षा, शिक्षक क्षमता अभिवृद्धि, बालबालिकाहरुको क्षमता अभिबृद्धि, शिक्षक पुनर्ताजगी लगाएतका कार्यक्रमहरु सफलताका साथ सम्पन्न गरिएको एशोसियसनकी अध्यक्ष लुना बुढाथोकीले बताइन् ।

  • १६ मंसिर २०७९, शुक्रबार प्रकाशित

  • Nabintech