शाहको ‘स्पन्दन’ विमोचन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ गीतकार दिला शाहको गीति एल्बम ‘स्पन्दन’ नेपालगन्जमा विमोचन गरिएको छ । एल्बम शाहकी माता देवा शाहको सम्मानार्थ शुक्रबार विमोचन गरिएको हो ।

बास नेपाल र दिदी बहिनी समाज बाँकेको संयुक्त आयोजनामा चर्चित साहित्यकार, गीतकार, रचनाकार दिला शाहको एकल रचना रहेको गीति एल्बम विमोचन गरिएको हो । चर्चित गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’ले संगीत भरेको उक्त एल्बममा तीनवटा गीत समावेश गरिएको छ भने गीतमा चर्चित गायिका अस्मिता अधिकारी, रचना रिमाल र सागर अधिकारीको रचना रहेको छ ।

तिमीलाई सम्झेको पल, चिन्या छैन जान्या छैन, नजाऊ टाढा कतैलगायतका बोलका ३ ओटा गीत रहेको उक्त एल्बमको प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव, वरिष्ठ साहित्यकार सनत रेग्मीले विमोचन गरेका थिए । विमोचन कार्यक्रममा शिक्षाविद् किरण आचार्य, संगीतकार तथा गायक सागर अधिकारी, गैसस महासंघ नेपालका केन्द्रीय सदस्य नमस्कार शाह, बास नेपालका निवर्तमान अध्यक्ष रमेश सिटौला, असल शासन मिडियाका प्रबन्ध निर्देशक किरण कार्की, अप्टिमिस्ट क्लब अफ नेपालगन्जका निर्देशक पूर्ण ढकाल, बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा, केन्द्रीय कोषाध्यक्ष कल्पना अधिकारीलगायतका अतिथि रहेको विमोचन कार्यक्रमको अध्यक्षता दिदी बहिनी समाजकी अध्यक्ष रमा देवी शाहले गरेकी थिइन् ।

कार्यक्रममा तिमीलाई सम्झेको पल गीति एल्बमको श्रव्य दृश्य सार्वजनिक गरिएको थियो । कार्यक्रममा साहित्यकार दिला शाहद्वारा आमा नामक कविताको श्रव्य दृश्य प्रस्तुत गरिएको थियो भने संगीतकार सागर अधिकारीले आफ्नै आवाजमा रहेको नजाऊ टाढा गीत गाएका थिए । ५० जना सहभागी रहेको उक्त विमोचन कार्यक्रममा बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले स्वागत मन्तव्य राखेको राखेका थिए भने एल्बमको उद्देश्यबारे साहित्यकार तथा रचनाकार दिला शाहले प्रष्ट पारेकी थिइन् त्यस्तै बास नेपालका कार्यक्रम व्यवस्थापक मन भण्डारीले संचालन गरेका थिए । कार्यक्रमको समापन दिदी बहिनी समाज बाँकेकी अध्यक्ष रमादेवी शाहले गरेकी थिइन् ।

  • १६ मंसिर २०७९, शुक्रबार प्रकाशित

  • Nabintech