अपाङ्गता अधिकार प्रबर्द्धनका लागि कलाकारहरु सडकमा

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँके जिल्लाका ३ स्थानमा सडक नाटक प्रदर्शन गरिएको छ ।

डेक नेपालको आयोजना र बास नेपालको प्रस्तुतिकरणमा अधिकार सडक नाटक बाँकेको खजुरा स्थित एफ गाउँ, कोहलपुरको न्युरोड चोकमा र नेपालगन्जको बिपि चोकमा सडक नाटक अधिकार प्रस्तुत गरिएको हो ।

डिसेम्बर ३ मा मनाईने अन्तरास्ट्रिय अपाङ्गता दिवसको अबसरमा अपाङ्गता अधिकार प्रबर्द्धन गर्न सडक नाटक प्रदर्शन गरिएको हो ।

हरेक स्थानमा एक सय भन्दा बढी सहभागिहरुका माझ देखाइएको सडक नाटकमा बास नेपालका मन भन्डारी, माधब कार्की, रबिन्द्र बोहरा, तपेन्द्र मलाती अबशेष, रास्टी बुढा मगर, रमिता शाह, लोक बहादुर मगर ” बि पोजेटिभ” र अशोक रावलको प्रस्तुती रहेको थियो ।

  • १८ मंसिर २०७९, आईतवार प्रकाशित

  • Nabintech