कोहलपुरमा मण्टेश्वरी

असल शासन प्रतिनिधि

नेपालगन्ज/ मण्टेश्वरी एशोसियसन बाँकेको आयोजनामा शनिबार “मण्टेश्वरी विधि प्रदर्शनी” कार्यक्रम सम्पन्न भएको छ ।

कोहलपुर नगरपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा १२ वटा मण्टेश्वरी बिद्यालयहरुको सहभागिता रहने थियो ।

प्रदर्शनीवाट मण्टेश्वरी बिधिको प्रयोग र उपयोगिताको बारेमा सम्पुर्ण अभिभावक र अन्य सहभागिहरुले बुझ्नुका साथै बालबालिकाहरुको सामुहिक क्षमता अभिबृद्धि भएको बताईएको छ ।

यस्ता क्रियाकलापबाट बिद्यालय बिद्यालय बिचको अन्तर सम्बन्ध बिस्तार हुनुका साथै र अन्तरनिहित ज्ञान बिकास भएको कार्यक्रम संयोजक तथा एशोसियसनकी कोषाध्यक्ष खिमा थापाले जानकारी दिइन् ।

मण्टेश्वरी शिक्षा व्यवहारिक शिक्षा भएकोले मण्टेश्वरीमा अध्ययनरत २ देखि ७ वर्ष मुनिका बालबालिकालाई व्यवहारिक शिक्षा प्रदान गर्न मण्टेश्वरी विधिकी प्रणयेता इटालियन डा. मारिया मण्टेश्वरीको अवधारणाबाट यो विधि विश्वव्यापी प्रचलनमा आएको छ ।

बाँके जिल्लामा करिब १४ वर्ष अगाडी देखि मण्टेश्वरी बिद्यालय सञ्चालनमा आएता पनि मण्टेश्वरी विधि प्रतिको आम बुझाई फरक रहेकोले एशोसियसनले “मण्टेश्वरी विधि प्रदर्शनी” कार्यक्रम २०७६ फाल्गुनमा नेपालगन्ज स्थित भेरी प्राविधिक शिक्षालयको सभाहलमा आवद्ध मण्टेश्वरी बिद्यालयहरुको सहभागितामा सफलतापुर्वक सम्पन्न गरिसकेको थियो ।

प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य र योजना लिएको एशोसियसनले विगत २ बर्ष कोभिड महामारीले आयोजना हुन नसकेका मण्टेश्वरी बिधि प्रदर्शनी लगायत अन्य विभिन्न कार्यक्रमहरु पुनः यो बर्ष देखि निरन्तरतामा ल्याएको छ । सोही लक्ष्य र योजना अनुरुप यही शैक्षिक सत्र शुरु भए सङ्गै अभिभावक शिक्षा, शिक्षक क्षमता अभिवृद्धि, बालबालिकाहरुको क्षमता अभिबृद्धि, शिक्षक पुनर्ताजगी लगाएतका कार्यक्रमहरु सफलताका साथ सम्पन्न गरिएको एशोसियसनकी अध्यक्ष लुना बुढाथोकीले बताइन् ।

जिल्ला समन्वय समिति बाँकेकि उप-प्रमुख सिता कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गैरसरकारी संस्था महासँघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाह, बास नेपालका कार्यक्रम प्रबन्धक मन भन्डारी, प्याव्सन बाँकेका अध्यक्ष यम बहादुर रावत, प्याव्सन कोहलपुरका अध्यक्ष गोबिन्द सुबेदी, नेपालगन्ज उपमहानगरपालिका शिक्षा अधिकृत डिल्ली आचार्य, खजुरा गाउँपालिका शिक्षा शाखाका प्राबिधिक सहायक निर्मल रेग्मी लगायतले बोलेका थिए ।

एसोसिएसनकी अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक खिमा थापाले गरेकि थिईन भने कार्यक्रम संचालन उपाध्यक्ष दुर्गा बजगाईंले गरेकि थिइन् ।
प्रदर्शनी ५ सय बढिले अवलोकन गरेका थिए ।

  • १९ मंसिर २०७९, सोमबार प्रकाशित

  • Nabintech