कोहलपुर बसपार्कमा एक युवा मृत भेटिए

असल शासन प्रतिनिधि

कोहलपुर बसपार्कमा एक युवा मृत भेटिए

बाँके/बाँकेको कोहलपुर ११ बसपार्क नजिक रहेको पुर्बपश्चिम गेस्ट हाउसमा एक युवक मृत फेला परेका छन् ।

सोमबार राती जन्मदिन मनाउन आएका कोहलपुर ६ घर भएका विशाल सिंह मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

भारतको कार्गिलबाट घर जाने भनेर विशाल र उनको साथी बिजय कुमार सिंह हिडेका थिए ।
उनी जन्मदिन मनाउने भनेर कोहलपुरको पुर्बपश्चिम् होटलमा कोठा लिएर बसेको, उनका २ जना साथी सुदिप सुनार र सुशील शाहीलाई बोलाएको र जन्मदिनमा सहभागि रहेको बताईएको छ ।

विशाललाई साथीले बिहान उठाउँदा नउठेपछी होटल संचालक जय बहादुर नाथलाई बोलाईएको थियो ।

होटल संचालक नाथका अनुसार, बिहान तीन पटक उठाउन जाँदा नउठे पछि डाक्टर बोलाईएको थियो ।

प्रहरीले मृतकसङ्गै बसेका अन्य तीन जनालाई निगरानीमा राखि अनुसन्धान गरिरहेको छ ।

  • २० मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech