किन मनाइन्छ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान ?

मेलिना श्रेष्ठ

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान एक वार्षिक अन्तर्राष्ट्रिय अभियान हो जुन November 25 सुरु भई December १० मा समाप्त हुन्छ । November २५ लाई अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्ध दिवस (International Day of No Violence Against women) , December १ मा विश्व एड्स दिवस (Worlds AIDS Day _, December ३ मा अपाङ्गता भएको व्यक्तिहरुका लागि अन्तर्राष्ट्रिय दिवस (International Day for person with Disabilities) र December १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (International Human Rights Day) को रुपमा मनाइन्छ ।

यो १६ दिने अभियान लैङ्गिक हिंसा (GBV) ले महिला र बालबालिका र हाम्रो समाजको सामाजिक संरचनामा पार्ने नकारात्मक प्रभावको बारेमा सचेतना जगाउनमा केन्द्रित छ । महिला हिंसा संसारभरी हुने सबैभन्दा व्यापक मानव अधिकार उल्लङ्घन हो । कोभिड –१९ को महामारी साथै अहिले जलवायु परिवर्तन, विश्वव्यापी द्वन्द्व र आर्थिक अस्थिरताका कारण यसको प्रकोप बढ्दो छ । NDHS २०१६ का अनुसार १५–४९ वर्ष उमेरका २२% महिलाले १५ वर्षको उमेरदेखि नै शारीरिक हिंसाको अनुभव गरेका छन्  भने २६%  विवाहित महिलाले आफ्नो श्रीमान्बाट शारीरिक यौन वा भावनात्मक हिंसाको अनुभव गरेको पाइएको छ । विश्वव्यापी रुपमा करिब ४०–७०%  महिला हत्या (Femicide_ Intimate Parents द्वारा गरिन्छ । WHO का अनुसार विश्वभर ३८% महिला हत्या (Female Homicide) नजिकका पुरुष साझेदारले गरेको पाइएको छ भने महिला साझेदारद्वारा गरिने हत्या ६%  रहेको छ ।

UNFA अनुसार ४८% नेपाली महिलाले आफ्नो जीवनको कुनै न कुनै विन्दूमा कुनै न कुनै प्रकारको हिंसा भोगेको र १५ %  ले यौन हिंसा अनुभव गरेका छन् । नेपाल जस्तो देशमा GBV मा सही तथ्यांक प्रप्त गर्नु ठूलो चुनौती हो किनभने पीडित हुनुसँग सम्बन्धित कलङ्कले महिलाहरुलाई हिंसाको रिपोर्ट गर्न वा मद्दत खोज्नबाट रोक्छ । GBV धेरै रुपमा देखिन सक्छन् जस्तै घरेलु हिंसा, दाइजो सम्बन्धी हिंसा, बालबालिका बेचबिखन, महिला भ्रूण हत्या, Honor Kiling, छाउपडी आदि । नेपालमा लिङ्गमा आधारित हिंसाका विभिन्न घटनाहरु छन् जसमा महिलाहरु मुख्य रुपमा पीडित रहेका छन् ।

नेपालमा विभिन्न संघ संस्थाहरुले महिला अधिकार र महिला हितका लागि काम गर्दै आएका छन् । जसमा

  • राष्ट्रिय महिला आयोग (National Women Commission) महिला अधिकार संरक्षण र प्रवद्र्धन गर्ने, GBV पीडित महिलाहरुको समस्यालाई सम्बोधन गर्न अग्रपङ्क्तिमा रहेको सरकारी निकाय हो ।
  • कानुनी सहायता तथा परामर्श केन्द्र| (Legal AID and Consultancy Center) CWIN, SAATHI जस्ता संस्थाहरुसँग मिलेर NWC ले विभिन्न हिंसामा परेका महिला तथा बालबालिकाका लागि महत्वपूर्ण सहयोग प्रदान गर्दछ ।
  • राष्ट्रिय महिला आयोगले लैङ्गिक हिंसाबाट पीडितलाई सहयोग गर्न २४ सै घण्टा टोल फ्री हेल्पलाइन स्थापना गरेको छ । यदि कसैले GBV सामना गरेको छ वा त्यस्तो घटनाको साक्षी छ भने उनीहरुले आश्रय मनोसामाजिक तथा बाल समर्थन र कानुनी सहायताका लागि ११४५ नम्बरमा कल गर्न सक्छन् ।

त्यसैगरी कसैले कुनै पनि महिलालाई निजको मञ्जुरी बिना वा मञ्जुरी लिएर भए पनि १८ वर्ष भन्दा कम उमेरका कुनै बालिकालाई करणी गरेमा निजले जबरजस्ती करणी गरेको मानिन्छ । जबरजस्ती करणी गर्ने व्यक्तिलाई ७ वर्षदेखि जन्मकैदसम्मको सजायका साथै ३–७ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था नेपालको कानुनमा रहेको छ ।

लेखकः स्वास्थ्यकर्मी हुन् ।

  • २० मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech