श्रीमतिको टाउको प्लाष्टिकमा हाली श्रीमान टाप

समाजमा बढ्दै अपराध

असल शासन प्रतिनिधि

सुर्खेत/  सुर्खेतका एक व्यक्तिले श्रीमतिको टाउको काटेर हत्या गरिदिएका छन् । मंगलबार दिउँसो पन्चपुरी ३ तोक्माका अमरबहादुर आले मगरले श्रीमती मिना आले मगरको हत्या गरी टाउको लिएर प्रहरी कार्यालय जाँदै गर्दा पक्राउ परेका छन् ।

प्लास्टिकमा श्रीमतीको टाउको बोकेर इलाका प्रहरी कार्यालय बाबियाचौर जाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनलाई प्रहरी कार्यालय जाँदै गर्दा पन्चपुरी २ पलैंटेबाट पक्राउ गरेको इप्रका इन्चार्ज प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिएका छन् । के कति कारणले श्रीमतिको टाउको काटेर हत्या गरेका आले स्वयम् प्रहरी कार्यालय हिँडेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक देउवाले जानकारी दिएका छन् ।

  • २० मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech