भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास २३औं बर्षमा प्रवेश

असल शासन प्रतिनिधि

नेपालगन्ज/भ्रष्टाचार बिरुद्ध देशब्यापी रुपमा क्रियाशिल संस्था बास नेपाल आज देखि २२ बर्ष पुरा गरी २३औं बर्षमा प्रबेश गरेको छ ।
२२ बर्ष पुरा भएको अवसरमा आज बासले संस्थाको २२औं बार्षिकोत्सब समारोह नेपालगन्जमा भब्यताका साथ सम्पन्न गरेको छ । बार्षिकोत्सबलाई भब्यताका साथ मनाउदै संस्थाले विभिन्न सास्कृतीक कार्यक्रम, मन्तब्य, सम्मान लगायतका कार्यक्रमहरु गरेको छ ।


बासका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सब समारोहमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि तिमिल्सिनाले असल शासनको यात्राको २२ बर्ष पुरा गर्दै गर्दा बास भ्रष्टाचार बिरुद्धको अग्रणी संस्थाको रुपमा स्थापित भएकोमा खुसी ब्यक्त गरे । बासले हजारौं असल युवाहरु जन्माएको छ अहिले त देशभर भ्रष्टाचार बिरुद्ध आवाज प्रवाह गर्ने संस्थाको रुपमा बास परिचित भईसकेको उनको भनाई थियो । राज्यको आर्थिक पारदर्शिताको पाटोमा बासको भूमिका महत्वपूर्ण रहेको बताउदै आगामी दिनमा थप सशक्त रुपमा अगाडी बढोस भन्ने सुवेक्षा ब्यक्त गरे । यसैगरी कार्यक्रमका अतिथि नेपालगन्ज उपमहानगरपालिकाका पूर्ब उपप्रमुख उमा थापा मगरले चुनौतीको सामना गर्दै २२ बर्ष पुरा गरेको बास एक असल संस्थाको रुपमा स्थापीत भएको बताईन् ।


बासका केन्द्रीय महासचिब शिव कुमार बर्माले सञ्चालन गरेको बार्षिकोत्सब समारोहमा बासले उत्कृष्ट १ प्रदेश र ३ शाखालाई नगद सहित सम्मान गरेको छ । यसैगरी बासमा कार्यरत १ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी को रुपमा सम्मान गरेको छ भने १ जना स्वयम् सेवक र १ जना ईन्र्टनलाई समेत उत्कृष्ट घोषणा गरेर सम्मानीत गरेको छ । १ जना पूर्ब स्वयम् सेवक संयोजकलाई समेत सम्मानीत गरिएको छ । कार्यक्रमका बिच अपांगता अधिकार कर्मी तथा भ्रखरैमात्र राष्टिय अपांग महासँघको केन्द्रीय अध्यक्षमा निर्वाचीत देबिदत्त आचार्यलाई सम्मान गरिएको छ । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र जोशीलाई समेत सम्मान गरिएको थियो ।
बासका उत्कृष्ट प्रदेश, शाखा र कर्मचारीको घोषणा बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए । सम्मान कार्यक्रममा प्रमुख अतिथि बासका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिनाले गरेका थिए ।


बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको बार्षिकोत्सब समारोहमा स्वागत बासका केन्द्रीय महासचिब खुमेस सुवेदीले गरेका थिए । कार्यक्रममा सास्कृतीक प्रस्तुतीहरु, गित, गजल प्रस्तुत गरिएको थियो । बार्षिकोत्सब समारोहमा विभिन्न क्षेत्रका गरी २ सय बढीको सहभागिता रहेको थियो ।
बासका १ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी र १ प्रदेश र ३ ओटा शाखालाई उत्कृष्ट शाखा सम्मान प्रदान
बास नेपालले संस्थामा कार्यरत कर्मचारीहरु मध्ये कार्य सम्पादनको आधारमा १ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी द्धारा सम्मानीत गरेको छ ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले उत्कृष्ट कर्मचारीको घोषणा गर्दै बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहरालाई उत्कृष्ट कर्मचारी घोषणा गरेका थिए । सम्मानित हुने उत्कृष्ट कर्मचारीहरुलाई कार्यक्रममा प्रमुख अतिथि र बासका केन्द्रीय अध्यक्षले नगद सहित सम्मान पत्र र माला लगाएर सम्मान गरेका थिए । यसैगरी बास केन्द्रीय कार्यालयमा ईन्र्टनको रुपमा कार्यरत नानीमाया जैसीलाई उत्कृष्ट इन्र्टनको रुपमा सम्मान गरिएको छ ।


यसैगरी बार्षिकोत्सबको अवसरमा ७ ओटा प्रदेश मध्ये सुदुरपश्चिम प्रदेश उत्कृष्ट प्रदेशको रुपमा सम्मानीत भएको छ । उत्कृष्ट प्रदेशको रुपमा ५ हजार नगद सहित सम्मानत ग्रहण बास सुदुरपश्चिम प्रदेश संयोजक पाण्डब पुजाराले गरेका थिए । हरेक बर्ष प्रदान गरिने उत्कृष्ट शाखा अन्तरगत यस बर्ष बास कैलाली शाखा प्रथम हुन सफल भएको छ । यसैगरी रुपन्देही शाखा द्धितिय र नवलपुर शाखाले तृतीय स्थान हासिल गरेको छ । यसरी उत्कृष्ट हासिल गर्ने शाखाहरुलाई क्रमशः नगद रु. ५ हजार, ३ हजार, २ हजार सहित सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।


यसैगरी बार्षिकोत्सबको अवसरमा बासका स्वयम्सेवक दिनेश चौधरीलाई उत्कृष्ट स्वयम् सेवकको रुपमा सम्मानीत गरिएको छ भने उत्कृष्ट स्वयम् सेवकको रुपमा बासका पूर्ब स्वयम्सेवक संयोजक तपेन्द्र बहादुर मलातीलाई सम्मानीत गरिएको छ ।

  • २५ मंसिर २०७९, आईतवार प्रकाशित

  • Nabintech