औद्योगिक क्षेत्रमा तालाबन्दी

असल शासन प्रतिनिधि

नेपालगञ्ज/अस्वाभाविक जग्गा बहालबृद्दीको विरोधमा औधोगिक क्षेत्र व्यबस्थापन लिमिटेड र ११ वटै औधोगिक क्षेत्र स्थित व्यबस्थापन कार्यालयमा तालाबन्दी गरिएको छ ।

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको आह्वानमा उक्त तालाबन्दि गरिएको हो ।

देशैभर रहेका कार्यालयहरुमा तालाबन्दी गर्ने क्रममा नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालबन्दी गरिएको छ ।
नेपालगञ्ज औद्योगिक क्षेत्र उद्योग बिकास संघका अध्यक्ष किरण कार्कीको नेतृत्वमा पुगेको उद्योगी, व्यवसायीहरुको टोलीले नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालबन्दी गरिएको हो ।

हरेक २/२ बर्षमा १० प्रतिशत बहाल बृद्धि हुनुपर्नेमा एकै पटक ७ सय प्रतिशत सम्म बहाल बृद्धि भएपछि व्यवसायीहरु मर्कामा परेको भन्दै आन्दोलनमा उत्रेका हुन् ।अध्यक्ष कार्कीका अनुसार, औधोगिक क्षेत्र व्यबस्थापन लिमिटेडले २०७५ साउन १ गते बहाल दर बृद्धि गरिएको हो, उद्योगी, व्यवसायीहरुको आन्दोलन पश्चात तत्कालित उद्योग मन्त्री मातृका यादवको निर्देशनमा उक्त निर्णय कार्यान्वयन भएको थिएन ।

२०७५ देखि हाल सम्मको बहाल बृद्धि भएको रकम समेत लिमिटेडले माग गर्दा समस्या सृजना भएको बताईएको छ । तालाबन्दी गर्दा समेत समस्या समाधान नभए थप आन्दोलन गरिने कार्कीले बताए ।

 

 

  • २५ मंसिर २०७९, आईतवार प्रकाशित

  • Nabintech