दिपेन्द्र कुमार जोशीसँग ‘जम्का भेट’

माधव कार्की

दिपेन्द्र कुमार जोशी
अध्यक्ष
सामुदायिक प्रहरी सेवा केन्द्र,नेपालगन्ज

तपाइँको नेतृत्वमा रहेको संस्थाले हाल के के कार्यक्रम संचालन गरिरहेको छ ?
समाजमा घट्ने घटनालाई प्रहरीसँग मिलेर काम गर्ने गरेका छौं । सरसफाइको कार्यक्रमहरु गर्ने गरेका छौं । आत्महत्या रोकथामको लागि विभिन्न स्कुलमा कार्यक्रमहरु गर्ने गरेका छौं । लागुपदार्थ रोकथामको लागि स्कुल कलेजमा जनचेतनामूलक कार्यक्रहरु गर्ने गरेका छौं । प्रत्येक पालिका र वडामा जनचेतनामूलक कार्यक्रम गर्ने गरेका छौं ।

यहाँहरुको सहकार्य कुन कुन संस्था र निकायसँग रहेको छ ?
म्यानपावरको क्षेत्रमा जिल्ला प्रहरी कार्यालयसँग र आर्थिकको क्षेत्रमा स्थानीय पालिकासँग सहकार्य गरेर कार्यक्रमहरु गरिरहेका छौं ।

यहाँहरुले कसका लागि कहाँ कहाँ काम गर्नु हुन्छ ?
बाँकेभरिका विभिन्न पालिकामा हाम्रो कार्यक्रम संचालन छन् । खजुरा गाउँपालिकाका १६ वटा विद्यालयमा लागू औषध सम्बन्धमा निशुल्क परामर्श कार्यक्रमहरु गरेका छौं । साथै नरैनापुरमा निशुल्क हेल्थ क्याम्पको व्यवस्थापन गरेका छौं ।

हालसम्म गरिएका उल्लेखनीय कार्यहरु के के हुन् ?
विगत लामो समयदेखि विभिन्न किसिमका उल्लेखनीय कार्यहरु गर्दै आएता पनि नेपालगन्जको मुटुमा रहेको धार्मिक स्थल बागेश्वरी मन्दिरमा चोरी हुनबाट जोगिन सिसिटिभी क्यामेरा जडान गरेका छौं । वडा नम्बर ८ लाई फोहोरमैला मुक्त वडा घोषणा गरेका छौं साथै आत्महत्या सम्बन्धी सचेतना कार्यक्रमहरु गरेका छौं ।

सामाजिक क्षेत्रमा कार्य गर्दा के कस्ता चुनौतीको सामना गर्नु परिरहेको छ ?
कार्यक्रम संचालन गर्दा विभिन्न चुनौती भेटिए पनि मुख्य रुपमा आर्थिक समस्या देखिन्छ । स्थानीय पालिकाले समन्वय गरी आर्थिक रुपमा सहयोग गरे निकै सहज हुने थियो ।

आगामी कार्यक्रम र योजनाहरु के के हुन् ?
हेल्थको क्षेत्रमा कार्यक्रमहरु गर्ने, लागू औषध र सरसफाइका विषय साथै आत्महत्या रोकथामको विषयमा विभिन्न कार्यक्रमहरु गरेर सबै पालिकामा पुग्ने योजना रहेको छ । साथै जिल्ला प्रहरी कार्यलयसँग मिलेर वृदाश्रम खोल्ने र उनीहरुलाई नियमित चेकजाँचको लागि स्वास्थ्य सेवा केन्द्र खोल्ने योजनाका साथै हिरासतमा भएका व्यक्तिलाई निशुल्क स्वास्थ्य चेक जाँच गर्ने कार्यलाई निरन्तरता दिने योजना रहेको छ ।

अन्त्यमा के भन्नु हुन्छ ?
असल शासन मिडियासँग पहिलेदेखि सहकार्य गरिरहेको छु । विभिन्न समयमा कुनै न कुनै कार्यक्रममा सहकार्य गररिहेको छु । मिडियाले उठान गरेका विषयहरु निकै राम्रो लाग्छ अझै प्रगति गर्दै जाओस् शुभकामना छ ।

प्रस्तुतिः माधव कार्की

  • २७ मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech