चरेससहित भारतमा सुस्मिता पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ चरेससहित नेपालकी सुस्मिता साई भारतमा पक्राउ परेकी छिन् । उनी १ केजी ४७५ ग्राम चरणसहित पक्राउ परेकी हुन् ।
सोमबार राति करिब १ः१० बजे रुपैडिहा थानाबाट खटिएको एसएसबी र थाना रुपैडिहाको संयुक्त टोलीद्वारा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ निवासी साईलाई पक्राउ गरिएको हो ।

साईबाट बरामद चरेसको बजार मूल्य करिब ७० लाख (भारु) पर्ने जनाइएको छ । संयुक्त टोलीद्वारा सोमबार राति चेकचाँजका क्रममा घसियारन मोहल्ला नजिक चरेससहित साईलाई पक्राउ गरिएको जनाइएको छ ।

  • २७ मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech