कर्मचारीहरुका लागि सेवाकालिन तालिम शुरु

असल शासन प्रतिनिधि

नेपालगञ्ज/प्रदेश सुशाशन केन्द्र नेपालगञ्जले नेपालगञ्जमा स्थानीय तहका सहायक कर्मचारीहरुलाई ३० दिने सेवाकालीन तालिमको शुरुवात गरेको छ ।

पुष १ गते देखि एक महिना सम्म सञ्चालन हुने तालिमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश समितीका प्रमुख सचिब डाक्टर दिपक काफ्लेले विभिन्न रास्ट्रसेवक कर्मचारीहरुको क्षमता अभिबृदी बिकास तालिमको आयोजना गरेकामा प्रदेश सुशासन केन्द्रलाई धन्यबाद दिए ।

कार्यक्रमका बिशिष्ठ अतिथी बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले तालिमबाट सहभागिहरुको क्षमता बिकास हुने बताए ।

लुम्बिनी प्रदेश अन्तर्गत १२ जिल्ला बाट सहभागी रहेको उक्त तालिममा सँघ, प्रदेश तथा स्थानीय तह सहायक स्तरका कर्मचारीहरुका लागि ३० दिने सेवाकालिन तालिममा संघ र प्रदेशबाट ३० जना र स्थानिय पालिकाहरुबाट ३० जना गरी ६० जनाको सहभागीता रहेको उक्त तालिमको अध्यक्षता लुम्बिनी प्रदेश प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक मनोज कुमार थापाले गरेका थिए भने कार्यक्रम सञ्चालन प्रदेश सुशासन केन्द्रका सुचना अधिकारी कृष्ण बहादुर बिष्टले गरेका थिए ।

  • १ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech