बसको ठक्करबाट बिद्यार्थीको निधन

असल शासन प्रतिनिधि

कंचनपुर/ कञ्चनपुरमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ ।

महेन्द्रनगरबाट दार्चुला सवार ना ७ ख ६५२१ नम्बरको बसले शुक्रबार बिहान क्याम्पस पढ्न साइकलमा सवार विद्यार्थी वेदकोट नगरपालिका वडा नम्बर ६ का कविराज बैजलाई ठक्कर दिएको हो ।

महेन्द्रनगरस्थित कञ्चन विद्या मन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्ने बैजलाई बसले सुडामा ठक्कर दिँदा मृत्यु भएको र अनुसन्धानका लागि बस चालकलाई नियन्त्रणमा लिइएको छ ।

दुर्घटना पछि आक्रोशित नागरिकहरूले पूर्व–पश्चिम राजमार्ग स्थित सुडामा घटनाको विरोध प्रदर्शन भईहेको छ।

  • १ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech