भ्रष्टाचार बिरुद्धको आन्दोलन बास नेपाल

असल शासन प्रतिनिधि

नेपालगञ्ज/देशमा विद्यमान भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, घुसखोरी जस्ता विकृति र विसंगतिले देशलाई अधोगति तर्फ धकेलिरहेको छ । जसका कारण कानुनी शासन र लोकतान्त्र्रिक राज्यको उपहास भईरहेकोछ । भ्रष्टाचारले सनै–सनै समाज र राष्ट्रलाई खोक्रो बनाउँछ ।

भ्रष्टाचार बढ्दै गएमा देशको अर्थतन्त्र चौपट हुन्छ, बिकास अबरुद्ध हुन्छ, राज्यका संयन्त्रहरु कमजोर हुँदै जान्छन् भने भ्रष्टहरुका केन्द्र बलिया भएर जान्छन् । यस्ता केन्द्रहरु बिस्तारै राजनितीक, प्रशासनिक, न्यायिक लगाएतका क्षेत्रहरु हाबी हुन्छन्, अनि देश दुर्गतीको भड्खालोमा फस्छ ।

यहि पृष्ठभुमिमा देशमा बढिरहेको भ्रष्टाचार बिरुद्ध नागरिक अभियान सञ्चालन गर्ने उद्धेश्यले वागेश्वरी असल शासन क्लव (बास) को स्थापना भएको हो ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा प्रबिणता प्रमाणपत्र तहको दोश्रो बर्षमा राजनीतिशास्त्र बिषय पढ्ने बिद्यार्थीहरुले २०५७ सालमा स्थापना गरेको राजनीतिशास्त्र असल शासन रेडियो श्रोता क्लबको बिकसित संस्थानैं बागेश्वरी असल शासन क्लब हो । २०५८ सालमा संस्थाको नाम परिवर्तन गरिएको यो क्लब प्रो पब्लिकद्धारा रेडियो नेपालबाट प्रशारण हुने असल शासन रेडियो कार्यक्रमको सहयोगी क्लबको रुपमा स्थापना भएको हो । २०५७ साल देखि २०६० साल सम्म रेडियो स्रोता क्लबको रुपमा काम गरेको सो संस्था २०६० सालमा गएर मात्र जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो । २०५८ सालमा देशभर रहेका असल शासन क्लबहरुमा दोश्रो बनेको सो क्लब २०६२ मा अधिराज्य प्रथम भएको थियो । यसलाई पछि गएर संक्षेपमा बास र हाल गएर बास नेपाल भन्न थालिएको छ ।

देश संघियतामा नगएकै अवस्था, सबै केन्द्रीय कार्यालय काठमाण्डौं भएको बेला यस संस्थाको केन्द्रीय कार्यालय बा“के जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकामा राखेर बिकेन्द्रीकरणको अभ्यास गरिएको थियो । सोही बमोजिम २०६२ सालमा शुरु गरेको देशव्यापी अभियान अन्तरगत हाल ७७ वटै जिल्लामा शाखा स्थापना गर्न संस्था सफल रहेको छ ।

स्वसासित सामाजिक संस्थाको रुपमा कार्यरत बास नेपालले असल शासन स्थापनाका लागि कार्य गर्ने, भ्रष्टाचार बिरुद्ध जनचेतना अभिबृद्धि गर्ने, सार्वजनिक सेवा प्रवाहमा नागरिकहरुको पहु“च स्थापित गर्ने, भ्रष्टाचारका बिरुद्धमा जनमत सृृजना गरि शुन्य सहनशिलताको बिकास गर्ने, भ्रष्टाचारमुक्त समुन्नत समाज स्थापना गर्न पहल गर्ने, समाजमा सामाजिक जवाफदेहिता, सामाजिक सद्भाव, सामुदायिक सुरक्षा र लोकतन्त्रलाई संस्थागत गर्न पहल गर्ने, देशैभर संस्थाको शाखा, उपशाखा, इकाई, समिति, सहयोगी समुहहरु गठन गरि भ्रष्टाचारका बिरुद्ध नागरिक अभियान सञ्चालन गर्ने, असल शासन तथा सामाजिक जवाफदेहिताका संयञ्त्रहरुको बिकास तथा प्रबद्र्धन गर्ने, बञ्चितिकरण, बिभेदिकरणमा परेका जाति, जनजाती, दलित, महिला, बालबालिका, अपांगता भएका ब्यक्ति र सिमान्तकृत बर्गको अधिकारका पक्षमा पैरबी गर्ने, जनसहभागिता, पारदर्शिता, जवाफदेहिता र सुचनाको हकलाई प्रबद्र्धन गरि सुशासन प्रकृयालाई संस्थागत गर्ने, सार्वजनिक सेवा, सुबिधालाई गुणस्तरिय र प्रभावकारी बनाउन अभिप्रेरित गर्ने, सदाचार पद्धतिलाई दिगो बनाउन संचार वकालत गर्ने, युवाहरुको क्षमता अभिबृद्धि तथा शसक्तिकरण गर्ने, जलबायु परिवर्तनको अनुकुलन र प्रकोप व्यवस्थापनका लागि कार्य गर्ने, दिगो विकासका लक्ष्यहरु परिपूर्तिका लागि कार्य गर्ने र स्वयंसेवालाई प्रबद्र्धन गर्ने उद्धेश्य लिएको छ ।

बासले बिभिन्न सृजनात्मक क्रियाकलाप सञ्चालन गरेको छ । सामाजिक जवाफदेहिताका संयन्त्रहरु लागु, भ्रष्टाचार बिरुद्ध शुद्धिकरण कार्यक्रम, बिल दिउँ, बिल लिउँ कार्यक्रम, गोलमेच बैठक, असल शासनका लागि नागरिक गुनासो लेखन, बाँके जिल्लालाई भ्रष्टाचारमुक्त जिल्ला बनाऔं, असल शासनका लागि हेल्पलाईन शेल, बासको सञ्जाल बिस्तार, परिसम्वाद कार्यक्रम, असल कर्मचारी घोषणा तथा नागरिक सम्मान कार्यक्रम, भ्रष्टाचार बिरुद्ध नागरिक सहयोग कार्यक्रम, नागरिक गुनासो चौतारी, फर्केर हेर्दा, लगे रहो पब्लिक भाई, खुसी सम्मेलन, कर्तव्यबोध राष्ट्रिय अभियान, पूर्णकालिन बैठक, स्वयंसेवा कार्यक्रम, बास, ब्राईटल्याण्ड युवा पुरस्कार, बालबालिका सहयोग कार्यक्रम, रुक्मिणी स्मृति अक्षय कोष, असल शासन यात्रा, सामाजिक जवाफदेहिता स्कुल, भ्रष्टाचार बिरुद्ध कलेज, कलेजमा, जे सक्छौं त्यहि दिऔँ, भ्रष्टाचार बिरुद्धको कोष, अदृश्य प्रतिभाको खोजी, जन्मदिन परोपकारी अभियान, जन्मदिन शुभकोष, झण्डा दिवस, ईन्सपाईरिङ्ग युथ कार्यक्रम, ईमान्दारिता सम्मेलन, मानदेबा परोपकारी अक्षय कोष, ईमरजिङ्ग भोलेण्टियर, ईन्सपाईरिंग स्टुडेण्ट, एसडिजि हव, हरेक दिन राष्ट्रिय गान, असल शासन सूचना केन्द्र बासका सृजनशिल अभियान तथा कार्यक्रम हुन् ।

बास नेपालका संस्थापक अध्यक्ष भुपेन्द्र शर्मा हुन् भने संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिना र सचिव नमस्कार शाह हुन् । दुई काल नमस्कार शाह अध्यक्ष रहेको बासमा सिता बोहरा, भाईराजा श्रीबास्तब, राजु लामिछाने, मन भण्डारी, रमेश सिटौलाले अध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन् भने हाल नेतृत्वमा लुना बुढाथोकी रहेकिछिन् । संस्थाले सय बढि सम्मान प्राप्त गरेको छ ।

संस्थाले २२ बर्षको अवधिमा बिभिन्न उपलब्धिहरु हासिल गरेको छ । २२ बर्षको अवधिमा ७७ जिल्ला शाखा, २५ उपशाखा, १०० ईकाई स्थापना गर्न सफल, ५ हजार बढि युवाहरु आबद्ध, १५० + लाई रोजगार, १००० + युवाहरु स्वयंसेवकको रुपमा परिचालित, भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय संस्था टी.आई. नेपालमा आबद्ध, सार्वजनिक सुनुवाइ लगाएतका सामाजिक जवाफदेहिताका संयन्त्रलाई संस्थागत गर्न सफल, १५० + स्थानीय तह, ५० + सरकारी कार्यालय, १२ + अन्तराष्ट्रिय संस्था, १५० + गैससहरुसँग साझेदारी, ३५ लाख + राज्यलाई कर भुक्तानी, भ्रष्टाचार बिरुद्ध देशव्यापी अभियान, १५० + परियोजना, १०० + अभियान १००० + कार्यक्रम सम्पन्न, २२ बर्ष देखि असल शासन पत्रिका प्रकाशन, २० + पुस्तक, १५ + बिषयगत बुलेटिन, १००० + सूचना सामाग्रि प्रकाशन १५ हजार + लाई क्षमता अभिबृद्धि तालिम, २० हजार + लाई सचेतना, १५ + लाई युथ अवार्ड, १० + लाई भ्रष्टाचार बिरुद्धको सम्मान, १२ + लाई अन्य सम्मान, भ्रष्टाचार बिरुद्ध मुद्धा सम्बन्धित निकायमा दर्ता, भ्रष्टाचार जन्य बिषयहरुमा संस्थाको पहलमा कार्वाही, सदाचार प्रबद्र्धन, सुशासन स्थापना, सामाजिक सद्भाव, सामुदायिक सुरक्षा, बाल अधिकार संरक्षण, लैंगिक हिंसा न्यूनिकरणका लागि महत्वपूर्ण योगदान, १ दर्जन सञ्जाल, महासँघहरुसँगको आवद्धता, १ दर्जन + नविनतम कार्यक्रमको शुरुवात, सेवा प्रवाहलाई सहज बनाउन संस्थाको पहलमा बिभिन्न कार्यालयमा हेल्प डेस्क, नागरिक बडापत्र, गुनासो पेटिका, डिजिटल डिस्प्ले वोर्डको व्यवस्था, मानविय कार्य (२०० + बिरामी, अभिभावक बिहिन बालबालिका, अपाँगता भएका व्यक्तिहरुलाई आर्थिक सहयोग, नियमित रक्तदान) गर्न बास नेपाल सफल रहेको छ ।

हाल संस्थाले असल शासन, सामाजिक जवाफदेहिता, सामाजिक सद्भाव, सामुदायिक सुरक्षा, युवा सशक्तिकरण, स्वयंसेवा, बाल अधिकार, बाल संरक्षण, लैंगिक हिँसा न्यूनिकरण, सामुदायिक सशक्तिकरण र संस्थागत बिकासका क्षेत्रमा काम गर्दै आईरहेकोछ ।

संस्थाले असल शासन कायक्रम, प्रो पब्लिक, एन्टेना फाउन्डेसन, काठमाण्डौ, बिभिन्न स्थानीय निकाय, सरकार, प्रदेश सरकार, संघिय सरकार, बिभिन्न सरकारी निकाय, केयर नेपाल, टेवा काठमाण्डौं, बिभिन्न जिल्लाका जिल्ला कृषि बिकास कार्यालयहरु, जिल्ला पशु सेवा कार्यालयहरु, नेपाल स्वास्थ्यका लागि पानी (नेवा), आई.एन.एफ एक्सनएड नेपाल, राष्ट्रिय अपांग महासंघ नेपाल, आड्रा, रेडक्रस, गो गो फाउण्डेसन, युएनडिपि, प्लान, जिआईजेट, युनिसेफ, युरोपियन कमिसन, एकाउण्टबिलिटि ल्याव लगायत संघ, संस्था निकायहरुसँग सहकार्य गरिसकेको छ ।

  • १ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech