धम्बोझी ईकाईमा राधा महतरा

असल शासन प्रतिनिधि

नेपालगन्ज/ भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालले नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्वर १ धम्बोझीमा ईकाई समिती पुनर्गठन गरेको छ ।

सोमबार सम्पन्न भेलाले ईकाई समिति पुनर्गठन गरेको हो ।

राधा महतराको अध्यक्षतामा पुनर्गठित इकाई समितिमा उपाध्यक्ष, सचिब, सह-सचिव र कोषाध्यक्षमा क्रमशः ललिता चौधरी, जेनिश क्षेत्री, राष्टी बुढामगर र उमा चन्द रहेका छन् भने सदस्यहरुमा मिना घर्ति, जुनु पासी, लक्ष्मी बि.सि., बिक्रम सिंह, यमुना बि.सि., जमुना कुमारी थापा, नर्वता दानी, ममता घिमिरे र निर्मला पन्त रहेका छन् ।

निबर्तमान अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्टको उपस्थितिमा ईकाई पुनर्गठन गरिएको थियो ।

बाँके शाखाकी अध्यक्ष शोभा थापा मगरको अध्यक्षतामा सम्पन्न  पुनर्गठन कार्यक्रममा स्वागत तथा संस्थाको उद्देश्य माथी केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले प्रस्ट पारेका थिए भने निबर्तमान अध्यक्ष रमेश सिटौला र बास नेपालका पुर्ब केन्द्रीय उपाध्यक्ष उमा थापा मगरले शुभकामना मन्तब्य राखेका थिए भने केन्द्रीय सदस्य तपेन्द्र मलातीले कार्यक्रम सन्चालन गरेका थिए ।

  • ४ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech