हौसला र ऊर्जाको घर ‘बास’

कपिल बिष्ट (सरकार)

२०७९ मंसिर २१ गते साँझ करिब ७ बजे तिर मेरो मोबाइलको म्यासेन्जरमा एउटा म्यासेज आयो । त्यो म्यासेज बास नेपाल सुदूपश्चिम प्रदेशको म्यासेन्जर समूहमा थियो । फेसबुक समूहमा बास नेपालका सुदूरपश्चिम संयोजक दाइ पाण्डव पुजाराको थियो । म्यासेजमा भोलि बिहान ९ बजे सुदूरपश्चिम प्रदेशका प्रदेश समिति, जिल्ला अध्यक्ष ज्यूहरु, उपशाखाका अध्यक्ष ज्यूहरु जुम मिटिङमा सहभागी हुनुहोला भनेर लेखिएको थियो ।

२२ गते बिहान ९ बजे हामी सबै म्यासेज बमोजिम हामी जुम मिटिङमा सहभागी भयौँ । प्रदेश संयोजक पाण्डव पुजाराले २३ गते अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस मनाउने बारे छलफल गर्नु भयो । छलफल सुरु भयो । सबै जनाले आ–आफ्नो ठाँउमा विभिन्न कार्यक्रम गर्न सबै जनाले प्रतिबद्धता गर्नुभयो । मैले नि टिकापुर उपशाखाको अध्यक्षको हैसियतले टिकापुरमा भ्रष्टाचारविरुद्धको कार्यक्रम गर्ने प्रतिबद्धता गरे र हामी सबै छुट्टियौँ ।

त्यसपछि मैले टिकापुर उपशाखासँग जोडिएका सबै बासका पदाधिकारी साथीहरुलाई बैठकमा बोलाए । त्यसपछि हामी सबैको सल्लाह अनुसार टिकापुर बहुप्राविधिक शिक्षालयमा खुला वक्तृत्वकला प्रतियोगितामा आयोजना गर्ने निर्णय ग¥यौं र त्यसको तयारीमा जुट्यौँ । मैले बास नेपाल टिकापुर उपशाखाका सल्लाहकार ज्यूहरुलाई उक्त कार्यक्रमको बारे जानकारी गराए र सहयोगको लागि अनुरोध गरे ।
सचिव अनमोल अयडी र उपाध्यक्ष दिपक न्यौपाने लगायतका साथीहरु टिकापुर बहुप्राविधिक शिक्षालयमा अनुमतिका लागि जानु भयो । कलेजमा पुगेर शिक्षालयका उप–प्रमुख हेमन्त न्यौपाने सरलाई निवेदन बुझायौँ । उहाँले शिक्षालय प्रमुखसँग कुरा गर्नका लागि भन्नुभयो र हामीले शिक्षालय प्रमुख पारस खड्का सरसँग कुरा राख्यौँ । उहाँ सकरात्मक हुनुभयो । हामीले बिहान १० बजेको समय तय ग¥यौं ।
भ्रष्टाचार न्यूनीकरणका लागि युवाको भूमिका शीर्षक चयन ग¥यौं र प्रचारप्रसार पनि । बास नेपाल टिकापुर उपशाखाका नितिन क्षेत्री, चेत राज पुरी, अनमोल अयडी र दिपक न्यौपाने, भिम श्रीपाइली सर लगायत तयारीमा जुट्यौँ र कार्यक्रमको अन्तिम तयारी ग¥यौं ।
मैले कार्यक्रमको बारेमा बास नेपालका विभिन्न म्यासेन्जर समूहमा जानकारी गराए । सबैले कार्यक्रमको सफलताको शुभकामना दिनुभयो । उक्त शुभकामनाले मलाई झन् जिम्मेवारी बोध गरायो । राति प्रदेश संयोजक ज्यूसँग कुरा गरेपछि उहाँले शुभकामना दिनुभयो । उहाँले शुभकामना मात्रै दिनुभएन एक किसिमको हौसला र ऊर्जा दिनु भयो । त्यसपछि मैले कार्यक्रमको सेड्युल तयार पारें ।
अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसमा म नयाँ जोश र जागर लिएर ४ बजे उठेर नित्यकार्य गरे र मुक्तक लेखेको थिएँ जुन यस प्रकार छ ।

तिमी पोर्चुगल म अर्जिनटिना, कुरै मिलेन ।
म यता तिमी उता, कुरै मिलेन ।
यही मंसिरमा लगन गाँठो, कस्नु पर्छ सोचेको ।
तिमी भ्रष्टाचार गर्न खोज्ने म त्यसको विरोधी, कुरै मिलेन ।।

साथीहरुलाई कामको जिम्मेवारी बाँडफाड गरिसकेपछि म र मित्र चिरञ्जीवी उपाध्याय सबै कक्षा कोठामा गएर सहभागीको नाम लिस्ट तयार ग¥यौं । वक्तृत्वकला प्रतियोगितामा २६ जनाले प्रतिस्पर्धा गर्ने भए । यो कुराले म झन् उत्साहित भएँ । साथीहरु कार्यक्रमको तयारी गर्दै थिए । हामीले करिब ११ बजेबाट कार्यक्रमको औपचारिकता सुरु ग¥यौं । कार्यक्रमको संचालन मैले गरे ।

कार्यक्रमको अध्यक्षता टिकापुर उपशाखा उपाध्यक्ष दिपक न्यौपाने, प्रमुख अतिथि टीकापुर बहुप्राविधिक शिक्षालय ई. श्री पारस खड्का सर र बिशिष्ट अतिथि शिक्षालय उप–प्रमुख क्रमशः श्री हेमन्त न्यौपाने सर र सुशीला शर्मा मेडम, अतिथिमा शिक्षालयका सम्पूर्ण प्रशिक्षक ,साहायक–प्रशिक्षक तथा कर्मचारीहरु रहनुभएको थियो । शिक्षालयको हलमा बास उपशाखाले आयोजना गरेको कार्यक्रममा करिब ४ सय जनाको उपस्थितिले झनै हौसला अनि उत्साह बढ्यो ।

कार्यक्रम मा स्वयम्सेवकको भूमिकामा मित्रहरू निनिन क्षेत्री, नबिन अयडी, चिरञ्जीवी उपाध्याय , बिनोद बोहरा, चेतराज पुरी , खगेन्द्र चोकाल ,ज्योति ठकुरी, मिना कठायत, माया उपाध्याय, जनक ढाँट, पदम जोशी, उमेश साउद, भुवन सिंहले सहयोग गर्नुभयो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पारस खड्का सरले भ्रष्टाचार मुक्त समाज निर्माणमा हामी सबैको उत्तिकै भूमिका रहेको बताए । आर्थिक अनियमितता गर्नु मात्रै भ्रष्टाचार नरहेको बताउँदै गलत आचरण पनि भ्रष्टाचार रहेको र भ्रष्टाचार निर्मूल पार्न हामी सबैले एकजुट हुनुपर्ने कुरा बताए ।

वक्तृत्वकला प्रतियोगितामा निर्णायकको भूमिका कृषि प्रशिक्षक धनराज कार्की, वन प्रशिक्षक सागर कुँवर, रमेश भण्डारी र सिभिल सहायक प्रशिक्षक अनु भट्ट मिसले निर्वाह गरेका थिए ।

वक्तृत्वकला प्रतियोगिता सबै प्रतिस्पर्धीहरुले आफ्ना बेजोड तर्कहरु राख्नु भयो । भ्रष्टाचार न्यूनीकरणका लागि युवाको अहम् भूमिका हुन्छ र भ्रष्टाचार निर्मूल पार्न हामी सबै एकजुट हुनुपर्ने भन्ने सबैको धारण थियो । वक्तृत्वकला प्रतियोगिता उपासना शाह प्रथम ,भागेश्वरी जोशी द्वितीय, कलली शाह तृतीय र सान्त्वना अनमोल अयडी भए ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई बास नेपाल टिकापुर उपशाखाको तर्फबाट पुरस्कार र प्रमाणपत्र प्रदान गर्‍यौं ।

कार्यक्रमको अन्त्यतिर सम्पूर्ण सहयोगीहरु, गुरुवर्ग र उपस्थित सबैलाई धन्यवाद दिँदै यस कार्यक्रमका अध्यक्ष दिपक न्यौपानेलाई औपचारिक कार्यक्रम समापन गर्नका लागि माइक हस्तान्तरण गर्दै कार्यक्रमबाट म कार्यक्रम संचालक कपिल बिष्ट (सरकार) यस मञ्चबाट बिदा हुन चाहन्छु भन्दै बिदा भएँ । औपचारिक कार्यक्रम समापनपछि सामूहिक तस्बिर खिच्यौँ । भ्रष्टाचारविरुद्धका आवाजहरु हामीले टिकापुरका ४ सय जनामा पु¥याउन सफल भयौँ ।

कार्यक्रम सफलताका साथ सम्पन्न भएको जानकारी बास नेपालका पदाधीकारीज्यूहरु लाई गराई सकेपछि बासका कार्यकारी निर्देशक नमस्कार शाह, सुदूरपश्चिम संयोजक पाण्डव पुजारा, सह–संयोजक कुवेर खड्का, प्रदेश समिति सदस्य तेज बोहरा, कैलाली अध्यक्ष चिरञ्जीवी छेडाललगायतले मलाई बधाई दिनु भयो । उहाँहरुले दिनुभएको बधाईले मलाई बास नेपालमा काम गर्ने हौसलासँगै ऊर्जा झनै बढेको छ । त्यसपछि मलाई सुदूरपश्चिम प्रदेश संयोजक पाण्डव पुजारा दाइले फोन गर्दै भन्नु भयो,‘भाइ नेपालगन्ज जाने ?’
बाँकी अर्को लेखमा….
जय बास ! जय सुशासन !

  • ७ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech