कार्यक्रमले विद्यालयलाई ठुलो गुन लगाएको छ ः प्रअ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ गेरुवा ग्रामीण जागरण संघ बर्दियाद्धारा सञ्चालित किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार कार्यक्रमको सार्वजनिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

प्लान इन्टरनेशनल र कोइकाको सहयोगमा बर्दिर्याको बर्दियाको गेरुवा गाउँपालिका वडा नं. ६ को गणेश माबि र ठाकुरबाबा नगरपालिका वडा नं. ६ को जनज्योती माबिमा सञ्चालित कार्यक्रमको शुक्रबार सार्वजनिक परीक्षण सम्पन्न भएको हो । २०२२ जनवरीदेखि डिसेम्बर सम्म सम्पन्न कार्यक्रमबाट प्राप्त उपब्धि र कार्यक्रमले पारेको सामाजिक प्रभाव, पारदर्शिता र जवाफदेहिता वारे समिक्षा गर्ने उद्देश्यले गरिएको सार्वजनिक परीक्षणमा परियोजना संयोजक रामरुप कौसलले विद्यालयमा सम्पन्न भएका कार्यक्रम र योजना, उपलब्धि र कार्यक्रमको आयब्याय प्रस्तुत गरेका थिए ।

सामाजिक परीक्षक मन भण्डारीले सहजिकरण गरेको कार्यक्रममा गणेश माबिका सहायक प्रधानाध्याक लोकेन्द्र बहादुर चन्दले कार्यक्रमले बिद्यालय, शिक्षक र बिद्यार्थिलाई धेरै फाइदा पुगेका बताए । परियोजनाबाट बिद्यालयमा बनेको आधुनिक सौचालय, महिनावरी बिश्राम कक्ष बनेको बताउदै संस्थाले ठुलो गुन लगाएको चन्ले बताए । कार्यक्रममा बोल्दै गणेश माबिमा कक्षा १० मा अध्यायनरत विद्यार्थी पानसरा शाहीले पहिले कशिोरीहरुले महिनावरी हुँदा प्रयोग गर्ने सेनिटरी प्याड जथाभावी फाल्ने जस्को कारण जताततै फोहोर हुने गरेको थियो अहिले प्रयोग गरिएको प्याड मेनिमा जलाउने ब्यवस्था गरिएको बताइन् ।

जनज्योती माबिमा कार्यक्रममा बोल्दै विद्यालयका प्रअ बालकृष्ण आचार्यले परियोचना अन्तर्गत सञ्चालन भएका बिभिन्न तालिमले बिद्यार्थी र शिक्षकका सशक्तिकरण गरेको बताए । कार्यक्रम लागु हुनुपुर्व किशोरीहरु महिनावरी भएपछि घर जानुपर्ने अवस्था आउथ्यो, आचार्यले भने “महिनावरी बिश्राम कक्ष बनेपछि सो किशोरी घर जानुपर्ने समस्याको समाधान भएको छ ।” कार्यक्रममा वडा सदस्यहरु, विद्यालय ब्यवस्थापन समितिका सदस्याहरु, विध्यार्थी अभिभावक संघका सदस्यहरु लगायतले कार्यक्रमबाट विद्यालयलाई धेरै सहयोग पुगेको बताउदै कार्यक्रम निरन्तरताको माग गरेका थिए ।

  • ८ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech