‘ज्यानै बाजी भो’ बजारमा

असल शासन प्रतिनिधि

काठमाडौ/चर्चित इन्डियन डान्स रियालिटी शो ‘डान्स प्लस’ का फष्टरनरअप सुजन मार्पा तामाङ अभिनित ‘ज्यानै बाजी भो’ बजारमा आएको छ ।

काठमाडौको जोरपाटीस्थित शेनुर हाउसमा एक पत्रकार सम्मेलनविच मोक्तान डिजिटलको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वजानिक गरिएको हो ।

गायक एंव संगीतकार प्रकाश तामाङ तितुङ र प्रयुशा तामाङको आवाजमा रहेको गीतलाई गीतकार कुमार स्याङ्बाले लेखेका हुन भने प्रकाश तामाङ तितुङको संगीत र महाराज थापाको संगीत संयोजन रहेको छ ।

चर्चित इन्डियन डान्स रियालिटी शो ‘डान्स प्लस’ का फष्टरनरअप सुजन मार्पा तामाङको भिडियो डिरेक्सन र कोरियोग्राफी रहेको छ  । पवन सुस्लिङले भिडियोको छायांकन, सम्पादन र कलर गरेका हुन ।

गीतमा डान्सर सुजनसंगै गीता ढुंगानाको सुन्दर नृत्य छ । करिब दुइबर्षको अन्तरालमा डान्सर सुजनले यो भिडियो निमार्ण गरेका हुन् ।

  • ९ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech