माननीय अम्विका काफ्लेलाई सम्मान

असल शासन प्रतिनिधि

नेपालगञ्ज/लुम्विनी प्रदेशकी प्रदेश सभा सदस्य माननीय अम्विका काफ्लेलाई स्वागत सम्मान गरिएको छ ।

दिदि बहिनी समाज बाँकेद्वारा बाँकेको गाभरमा शनिवार आयोजित बनभोज कार्यक्रमको अवसरमा माननीय काफ्लेलाई स्वागत सम्मान गरेको हो । संस्थाको साधारण सदस्य समेत रहेकी काफ्लेलाई संस्थाले सम्मान पत्र, दोसल्ला सहित सम्मान गरेको थियो ।

संस्थाकी अध्यक्ष रमादेबि शाहले सम्मान पत्र प्रदान गरेको कार्यक्रममा एचसिआरसि अस्पतालका प्रमुख डाक्टर कुमार शान शाह, गैसस महासंघ नेपालका केन्द्रीय सदस्य नमस्कार शाह, बास नेपालका निबर्तमान अध्यक्ष रमेश सिटौला, मानवता नेपालका सचिव कमल बहादुर शाही, असल शासन मिडियाका प्रबन्ध निर्देशक किरण कार्की लगायतको उपस्थिती रहेको थियो । अतिथीहरुले खादा ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै लुम्विनी प्रदेशकी प्रदेश सभा सदस्य माननीय अम्विका काफ्लेले सबैको सहयोगमा प्रदेश सभा सदस्यको जिम्मेवारी पाएको उल्लेख गर्दै जिम्मेवारी ईमान्दारिताका साथ बहन गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले दिदि बहिनी समाजको संस्थागत बिकासका लागि सहयोग गर्ने बताईन् ।

कार्यक्रममा शुभकामना दिदै एचसिआरसि अस्पतालका प्रमुख डाक्टर कुमार शान शाहले माननीय काफ्लेको निरन्तरको संघर्षको परिणामबाट सुबर्ण अवसर प्राप्त भएको उल्लेख गर्दै बधाई ज्ञापन गरे ।

उपाध्यक्ष दिला शाहले सञ्चालन गरेको कार्यक्रममा समापन गर्दै अध्यक्ष रमादेबि शाहले दिदि बहिनी समाजको साधारण सदस्यको रुपमा कार्यरत व्यक्ति समानुपातिक प्रणालीबाट लुम्विनी प्रदेश सभाको गरिमामय प्रदेश सभा सदस्य पदमा चयन हुनु गौरबको कुरा भएको उल्लेख गर्दै प्रदेश सभा सदस्य काफ्लेलाई बधाई ज्ञापन गर्दै सम्मान गर्न पाउँदा खुसी लागेको बताईन् । उनले भनिन्— माननीयज्यूको सफल कार्यकालका लागि शुभकामना सहित उज्वल भविष्यको कामना गर्दछौं ।

 

  • ९ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech