डेक नेपालको सामाजिक परीक्षण

असल शासन प्रतिनिधि

नेपालगञ्ज/अपाँग सशक्तिकरण एबं सञ्चार केन्द्र (डेक नेपाल) ले सञ्चालन गरिरहेको किशोरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रमको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

युकेएडको आर्थिक सहयोग, भिएसओ, ह्याण्डिक्याप ईण्टरनेशनलको साझेदारीमा सञ्चालित उक्त कार्यक्रमको सामाजिक परीक्षण नेपालगञ्जमा सम्पन्न भएको हो ।

सामाजिक परीक्षक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा स्वागत संस्थाका प्रबन्धक जीवन गिरीले गरेका थिए भने कार्यक्रम संयोजक गणेश भुजेलले किशोरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रमको बिस्तृतिकरण कार्य प्रगति पेश गरेका थिए भने सामाजिक परीक्षणको प्रतिबेदन प्रश्तुत गरेका थिए ।

संस्थाकी उपाध्यक्ष ईन्द्र बहादुर थकालीको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालिकाका कार्यबाहक प्रमुख तथा वडा नम्वर १२ का वडाध्यक्ष बिरेन्द्र शाह, खजुरा गाउँपालिकाका अध्यक्ष डम्वर बि.क. तुफान, उपाध्यक्ष मञ्जु मल्ल, बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकाय, नेपालगञ्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख शोभा शाह, कोहलपुर नगरपालिकाका शिक्षा अधिकृत रबि मिजार, बैजनाथ गाउँपालिका शिक्षा शाखा प्रमुख बिश्वराम ढकाल, खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख सुशिला न्यौपाने बिभिन्न बिद्यालयका प्रधानाध्यापक, डेकले सञ्चालन गरेका परियोजना अन्तरगतकी ठूलि दिदि सानी दिदि लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका कार्यबाहक प्रमुख तथा वडा नम्वर १२ का वडाध्यक्ष बिरेन्द्र शाहले डेकले सञ्चालन गरेको कार्यक्रम उपलब्धिमुलक भएको बताए ।

खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले डेकले सञ्चालन गरेको परियोजनाबाट बालबालिकाहरु लाभान्वित भएको बताईन् ।
बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायले परियोजना थप गर्न आवश्यक पहल गर्न सुझाव दिईन् ।

नेपालगञ्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख शोभा शाहले परियोजना नेपालगञ्ज उपमहानरपालिकामा पनि बिस्तार गर्न आग्रह गरिन् ।

खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले परियोजना समाप्त हुँदै लाग्दा पालिकाहरुले परियोजनाका उपलब्धिहरु संस्थागत गर्नका लागि अपनत्व लिनु पर्ने बताए ।

कार्यक्रममा उठेका बिभिन्न जिज्ञाशाहरु बारे प्रबन्ध जीवन गिरीले प्रष्ट पारेका थिए । कार्यक्रममा ६० बढिको उपस्थिती रहेको थियो ।

 

  • ९ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech