कोहलपुर सुर्खेत सडक खण्ड बन्द

असल शासन प्रतिनिधि

कोहलपुर सुर्खेत सडक खण्ड बन्द

नेपालगन्ज/ कोहलपुर- सुर्खेत सडक अवरुद्ध पारिएको छ ।

सडक दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिने बिषयमा बिबाद भएपछि सडक अबरुद्ध पारिएको हो ।

मोटरसाइकल चालक बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ४ बस्ने रमेश चन्द ठकुरीको शुक्रबार दिउँसो सल्लीबजारदेखि काेहलपुर आउने क्रममा हर्रे नजिक बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियोे ।

सडक अवरुद्ध हुँंदा उक्त खण्डमा चल्ने यातायात सेवा ठप्प भएको छ ।

प्रहरीका अनुसार मृतकका परिवार तथा आफन्तले सुर्खेतको छिन्चु र बाँकेको बानियाभार तथा चिसापानीको च्यामा नजिक सडक अवरुद्द गरेका छन ।

मृतकका परिवारले पाँच लाख भन्दा बढी क्षतिपुर्ती मागेका छन भने गाडी धनीले पाँच लाख भन्दा बढी दिन नसक्ने अडान लिएका छन् ।

क्षतिपुर्तीका विषयमा सहमति नहुँदा आफन्तले शव बुझेका छैनन् ।

ठकुरीकाे शव सुर्खेतस्थित मेहेलकुना अस्पतालमा राखिएको बताइएको छ ।

  • १० पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech