दुई वडामा बास ईकाई पुर्नगठन

वडानम्वर १० मा टिकारानी, २२ मा मोनी गोडिया

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ भ्रष्टाचार बिरुद्द क्रियाशिल संस्था बास नेपालले नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १० को वडा ईकाई पुर्नगठन गरेको छ ।

आइतबार सम्पन्न भेलाले उक्त ईकाई समिति पुनर्गठन गरेको हो ।

बास नेपालकी सक्रिय स्वयंसेवक टिकारानी पासीको अध्यक्षतामा पुनर्गगठित ईकाई समितिको उपाध्यक्ष, सचिव, सह—सचिव र कोषाध्यक्षमा क्रमश मानव खत्री, अनिल भुजुवा, यशोदा पुन र हर्षित पाण्डे रहेका छन् भने सदस्यहरुमा प्रतिभा मिश्र, शिवम बिश्वकर्मा, रजनी शर्मा, अनिता साहु, सुस्मिता गुप्ता, संगिता बि.क., दिनेश कुमार चौधरी, पुर्णिमा पाठक र शोभा सुवेदी रहेका छन् ।

पुर्नगठन कार्यक्रममा बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा, जनसम्पर्क अधिकृत माधव कुमार कार्की, प्रशासकिय अधिकृत शुद्ध चौधरी, प्रशासन सहायक श्रुति चौधरीको उपस्थिति रहेको
थियो ।

बाँके शाखा अध्यक्ष शोभा थापा मगरको अध्यक्षतामा सम्पन्न ईकाई पुनर्गठन कार्यक्रममा स्वागत मन्तब्य बाँके शाखाकी उपाध्यक्ष शर्मिला थापाले गरेकी थिईन् भने गठन प्रक्रियाको उद्देश्य माथी बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले प्रष्ट पारेका थिए भने पुर्नगठन कार्यक्रम बास नेपालका जनसम्पर्क अधिकृत माधव कुमार कार्कीले सञ्चालन गरेका थिए ।

यसैगरी बास नेपालले नेपालगञ्ज उपमहानगरपालिकको वडा नम्बर २२ को वडा ईकाई समिति पुर्नगठन गरेको छ ।

मोनी गोडीयाको अध्यक्षतामा पुनर्गगठित ईकाई समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः सरिफ धोवी, उज्वल बैश्य, ममता भण्डारी र मनिष बर्मा रहेका छन् भने सदस्यहरुमा बृष डाँगी रावत, बिजय रावत, बिरु कुमार गोडीया, मिना गोडीया, सुस्मिता गुरुङ, मोहम्मद जाकिर हलवाई, अलि हसन किङरिया र राधेश्याम राड रहेका छन ।

बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा, केन्द्रीय सदस्य तपेन्द्र मलाती, जनसम्पर्क अधिकृत माधव कुमार कार्की, प्रशासकिय अधिकृत शुद्ध चौधरी, प्रशासन सहायक श्रुति चौधरी, बाँके शाखाका सचिव लोक बहादुर घर्ति मगरको उपस्थितिमा ईकाई पुनर्गठन भएको थियो ।

बाँके शाखा अध्यक्ष शोभा थापा मगरको अध्यक्षतामा सम्पन्न ईकाई पुनर्गठन कार्यक्रममा स्वागत मन्तब्य केन्द्रीय सदस्य तपेन्द्र मलातीले व्यक्त गरेका थिए भने गठन प्रक्रिया र संस्थाका् उद्देश्यमाथी बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले प्रष्ट पारेका थिए । कार्यक्रम सञ्चालन बास नेपालका जनसम्पर्क अधिकृत माधव कुमार कार्कीले गरेका थिए ।

  • १० पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech