नेपालगन्ज १३ मा गणेश

असल शासन प्रतिनिधि

नेपालगन्ज / बासले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ उदयपुर ईकाई समिति पुर्नगठन गरेको छ ।
मंगलबार वडा नम्बर १३ मा सम्पन्न युवाहरुको भेलाले गणेश कुमार पाण्डेको अध्यक्षतामा ईकाई पूर्नगठन गरेको हो ।
पुर्नगठित ईकाई समितिको उपाध्यक्ष, सचिव, सह सचिव र कोषाध्यक्षमा क्रमशः संगिता चौहान, संजय लोनिया, गणेश चौहान र सुस्मिता सिंह ठाकुर रहेका छन । यसैगरी समितिको सदस्यहरुमा क्रमशः अञ्जली सिंह चौहान, गिता सिंह ठाकुर, सिमा लोनिया, शिवा तेली, सन्तोष पथिक, दिपेन्द्र चौहान, रोशनी सोनी र प्रितम गोडीया रहेका छन ।
बासका केन्द्रीय सदस्य तपेन्द्र मलाती, जनसम्पर्क अधिकृत माधव कुमार कार्की, बाँके शाखाका कोषाध्यक्ष शुद्ध प्रसाद चौधरी, सदस्य अशोक रावल, प्रदिप बोहरा, सरीता बिक र नानी माया जैसीको उपस्थितिमा ईकाई पुनर्गठन भएको थियो । ईकाई पूर्नगठन बास बाँके शाखा कोषाध्यक्ष शुद्ध प्रसाद चौधरीको अध्यक्षतामा भएको थियो ।

  • १२ पुष २०७९, मंगलवार प्रकाशित

  • Nabintech