बास दैलेखमा हिक्मत

असल शासन प्रतिनिधि

दैलेखै/ बास नेपाल दैलेख शाखामा नयाँ कार्यसमिति चयन भएको छ । बास नेपालका पूर्व केन्द्रीय अध्यक्ष मन भण्डारीको विशेष उपस्थितिमा मंगलबार भएको शाखाको साधारण सभाले नयाा कार्यसमिति चयन गरेको हो ।

सुशासनको क्षेत्रमा काम गर्दै आएको संस्थाले देशका ७७ वटै जिल्लामा काम गर्दै आएको छ । भ्रष्टाचार विरुद्ध आवाज उठाउँदै आएको बास नेपालले जिल्लामा बिगतदेखि बिभिन्न कार्यहरु गर्दै आएकोमा शाखालाई थप मजबुद बनाउन शाखाको नयाँ कार्यसमिति गठन गरिएको पूर्व अध्यक्ष भण्डारीले बताए । उनले भने– नयाँ बनेको टिम सधैँ भ्रष्ट्राचार, अनियमितताका विरुद्ध लाग्ने छ ।

सदरमुकाम दैलेख बजारमा भएको एक कार्यक्रमका बिच गठन गरिएको नयाँ कार्यसमितिको अध्यक्षमा हिक्मत बुढा, उपाध्यक्षमा गीता खत्री, सचिवमा कृष्ण अधिकारी, सह–सचिवमा बविता प्याकुरेल, कोषाध्यक्षमा, अनु थापा, सदस्यहरू जङ्ग बोगटी, टिका बुढा, पदम रावल, संगिता शाही, मनीषा थापामगर तिला थापा मगर सहित ११ सदस्य समिति गठन गरिएको छ । कार्यक्रम समापन गर्दै बास दैलेखका नव अध्यक्ष हिक्मत बुढाले सबैलाई धन्यवाद दिएका थिए ।

  • १२ पुष २०७९, मंगलवार प्रकाशित

  • Nabintech