पकेट खर्चबाट स्यानेटरी प्याड वितरण, १३४ गाईवस्तुलाई घाँस

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ का महिलालाई सेनेटरी प्याड एवम् वडा नम्बर २१ मै रहेको काञ्जी हाउसमा दीप प्रज्ज्वलन गरी त्यहाँ रहेका १३४ गाईवस्तुलाई घाँस खुवाइएको छ । गौरव स्मृति तथा वीयोर सेल्फ फाउण्डेशनले संस्थाका परिकल्पनाकार गौरव साहको जन्म दिनको अवसर पारेर संस्थाले उक्त कार्यक्रम गरेको हो ।

साहको सम्झनामा स्थापना गरिएको गौरव स्मृति तथा वीयोर फाउन्डेशनका संरक्षक एवम् संस्थापक अध्यक्ष प्रदीप कुमार साहका अनुसार स्मृतिका पानामा रहेका गौरव साहको लगाव जनावरप्रति गहिरो थियो । उनी जीवतछदा सडकमा भौँतारिएर हिँडिरहेका कुकुर, चोटपटक लागेका गाइवस्तुलाई देख्नै सक्दैन्थे । तत्काल त्यस्ता गाईवस्तुलाई खानेकुरा दिएर हुन्छ वा भेटनरी डाक्टर बोलाएर हुन्छ उद्धारमा खट्ने स्वभावका साहलाई सम्झँदै काञ्जी हाउसमा रहेका १२७ गाई र ७ वटा घोडालाई दीपप्रज्ज्वलन पश्चात घाँस खुवाएको प्रतिक्रिया साहका पितासमेत रहेका प्रदीपले जानकारी दिए ।

उक्त सहयोग संस्थामा आबद्ध सदस्यको दैनिक जीवनमा हुने पकेट खर्च बचाएर संकलन भएको पैसाले गरिएको संस्थापक अध्यक्ष प्रदीपले जानकारी दिँदै आगामी दिनमा यस्ता कार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वडा नम्बर २१ का वडा अध्यक्ष राजकुमार साहु तेलीले पकेट खर्च कटाएर गरिने यस्ता कार्यको सिको सबैले गर्नु पर्नेमा जोड दिए । उनले यस्ता कार्यले समाजमा रहेका कोही पनि ससाना समस्याबाट ग्रसित हुनु नपर्ने बताउँदै यस्ता कार्यको सह्राना एवम् सिको सबैले गर्नु आजको आवश्यकता रहेको औँल्याए ।

काञ्जी हाउसका गाईवस्तुको अवस्था समेत अवलोकन हुने र त्यहाँ रहेका कुनै पनि पशुहरुको हेरचाहामा अझ थप बल मिलोस भन्ने उद्देश्य कार्यक्रम गरिएको सहयोगीका रुपमा रहेको इको नेपाल फाउन्डेसनका अध्यक्ष किरण साहले जानकारी दिए ।

गौरव स्मृति तथा वी–योर फाउन्डेशनका प्रेक्षा केसीले गौरव जीवित छदा समय समयमा यहाँ आएर गाइवस्तुलाई घाँस खुवाइरहने गरेको बताइन् । उनले मानवताका नाताले आफ्नो जन्म दिवस होस् अथवा कुनै पुण्य कामको अवसरमा काञ्जी हाउसको अवलोकन तथा यस स्थानमा रहेका गाईवस्तुहरुको बारेमा जानकारी राख्नु पर्नेमा जोड दिइन् ।

वडाका जनस्वास्थ्य प्रमुख नन्दा सेन लगायतले महिनावारीको बेला अपनाउनु पर्ने सावधानीलगायतका विषयमा स्थानीय महिला तथा किशोरीहरुलाई सचेतना गराएका थिए । दुई सय बढी महिला तथा किशोरीलाई प्याड वितरण गरिएको संस्थाले जनाएको छ ।

  • १४ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech