पहुँच नेपालको केन्द्रीय अध्यक्षमा सामाजिक अभियन्ता चक्र निर्वाचित

असल शासन प्रतिनिधि

नेपालगञ्ज/दुई दशक लामो समय देखि सामाजिक क्षेत्रमा क्रियाशिल ब्यक्तित्व चक्र बहादुर चन्द पहुँच नेपालको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन् ।

बाँकेमा २०६१ सालमा स्थापना भएको उक्त संस्थाको सम्पन्न साधारण सभाबाट चन्द अध्यक्षमा निर्वाचित भएका हुन् ।

नयाँ निर्बाचित कार्य समितिको उपाध्यक्षमा मेनुका ढकाल, सचिबमा सतानन्द लम्साल, कोषाध्यक्षमा रंजीता श्रेष्ठ र सदस्यहरुमा नर बहादुर शाही, सिताराम आचार्र्य र भरत बस्नेत रहेका छन् । दुई सदस्यहरु कार्य समितिले मनोनित गर्ने उक्त संस्थाले जनाएको छ ।

  • १५ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech