कला संस्कृति संरक्षणमा अग्रसर राँझावासी

हरेक १५ गते देउडा

असल शासन प्रतिनिधि

नेपालगञ्ज/कला संस्कृतिको संरक्षण गर्नका लागि नेपालगञ्ज राँझा क्षेत्रका स्थानीयहरु अग्रसर भएका छन् ।

डेउडा संस्कृति लगाएत विभिन्न कला सभ्यताको चिनारीलाई जोगाउनु आफ्नो दायित्व ठान्दै उनीहरु कला संस्कृति संरक्षणमा अग्रसर भएका हुन् ।

उनीहरुले कला संस्कृतिसँग सम्वन्धित कार्यक्रमहरु नियमित गर्दै आएका छन् ।

सुदुर तथा मध्यपश्चिम क्षेत्रमा बिशेश रुपमा मनाउने पौष १५ लाई उनीहरुले भव्यताका साथ मनाएका छन् ।

बाँके जिल्ला सुदुर पश्चिम र कर्णाली प्रदेशको मुल थलो भएकाले प्रत्येक महिनाको १५ गते नियमित रुपमा देउडासँग सम्वन्धित कार्यक्रम गर्ने गरिएको छ । स्थानीय पवनराज उपाध्याय र खगेन्द्र न्यौपानेको सक्रियतामा सो कार्यक्रम गर्ने गरिएको बताईएको छ ।

पौष १५ गते भएको कार्यक्रममा बाजुरा जिल्लाका चर्चित देउडा गायक दिपचन्द्र उपाध्याय र बाजुरा जिल्लाकै चर्चित गायिका तिर्था खत्री लगायतको बिशेष उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा १५ सय बढि दर्र्शकको उपस्थिति रहेको थियो ।

 

  • १५ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech