अपाँगता भएका बिद्यार्थीको रकम झ्वाम

प्रधानाध्यापककै संलग्नता !

माधब कार्की

नेपालगञ्ज/नेपालगन्ज स्थित एक बिद्यालयले अपांगता भएका बिद्यार्थीहरुको छात्रबृत्तिका लागि आएको रकम झ्वाम पार्दै आएको खुलेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्ब ९ बाँके गाउँ स्थित श्री सरस्वती प्राथमिक बिद्यालयमा अध्ययनरत अपाङ्गता भएका बिद्यार्थीहरुले प्राप्त गर्ने छात्रबृति रकम बर्षाैं देखि हिनामिना गर्दै आएको खुलेको हो ।

उक्त बिद्यालयले बोल्न नसक्ने र सोझा बिद्यार्थीको रकम नक्कली अभिभावक खडा गरेर कृते हस्ताक्षर गरी कुम्ल्याउँदै आएको श्रोतले बतायो ।

श्रोतले दिएको जानकारी अनुसार विगतका बर्षहरुदेखि बिद्यालयका प्रधानाध्यापक सरला देबी आचार्यको मिलेमतोमा बिद्यालयमा आउने छात्रबृतीको रकम हिनामिना हुँदै आएको छ ।

बिद्यालय ब्यवस्थापन समिति नयाँ चयन भएपछि ब्यवस्थापन समिति र प्रधानाध्यापक बिचमा कुरा नमिलेपछि उक्त कुरा बाहीर आएको श्रोतले बतायो । प्राप्त जानकारी अनुसार, बि.स. २०७४ सालमा भर्ना गरीएकी एक जना बिद्यार्थीको आर्थिक बर्ष २०७६/०७७ मा पाउने छात्रबृती रकम अर्कै व्यक्तिले बुझेको अभिभावक कमला भण्डारीले बताईन् । उनले दुई बर्षको छोरीले प्राप्त गर्नुपर्ने रकम कल्पना खत्री नामकी नक्कली अभिभावकले रकम बुझेर लगेको बताईन् ।

छोरीले पाउने छात्रबृती रकम अर्कैले बुझेको थाहा पाएपछि बिद्यालयमा बुझ्न गएको तर बिद्यालयका प्रधानाध्यापक आचार्यले उल्टै हप्काएर पठाएको पीडित अभिभावक भण्डारीले बताईन् । आर्थिक बर्ष २०७८/०७९ को छात्रबृती रकम भने बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष कौषल कुमार चौधरीको पहलमा बुझेको उनले बताईन् । उनले गुनासो पोख्दै भनिन् व्यवस्थापन समिति फेरबदल नभएको भए यस बर्षको रकम समेत अर्कैले बुझ्थ्यो होला ।

अभिभावक मात्रै होईन उक्त बिद्यालयका शिक्षकहरु समेत प्रधानाध्यापक आचार्यको मनपरिले दिक्क भएको पाईएको छ । बिद्यालयमैं रहेको सुस्तमस्थिती कक्षाकी शिक्षिका बिराज सिंहले प्रधानाध्यापक आचार्यको स्वेच्छाचारिताले बिद्यालयको गरिमा घटाएको बताईन् । प्रधानाध्यापक आचार्यले आफुमाथि हातपात तथा दूब्र्यवहार गरेको बताउँदैै शिक्षिका सिंहले प्रधानाध्यापकले आफ्नो एक बर्षको तलब रोकेको र अपाङ्गता कोटाको छात्रबृति रकम टाठाबाठा अभिभावक बाहेक केहीलाई खबरै नगरी नक्कली अबिभावक बनाएर बितरण गर्ने गरेको शिक्षिका सिंहको भनाई थियो ।

बिद्यालय श्रोतले दिएको जानकारी अनुसार, उक्त बिद्यालयमा हाल अपांगता भएका ३४ जना बिद्यार्थीको नाम दर्ता गरिएको छ जस मध्ये २१ जना नियमित आउने गरेका छन् ।

सरस्वती प्राथमिक बिद्यालयमा कक्षा ३ सम्म पढाईसँगै अपाङ्गता कक्षा पनि सञ्चालन गर्दै आएको छ भने हरेक बिद्यार्थीले बर्षको ३ हजारका दरले छात्रबृती प्राप्त गर्दै आएका छन् । यस बिषयमा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कौशल कुमार चौधरीले प्रधानाध्यापक रेग्मीको मनोमानीका कारण अपांगता भएका बिद्यार्थीहरु ठगिएको प्रतिक्रिया दिए ।

प्रधानाध्यापक रेग्मीले बिद्यालयमा नियमित हाजिर नुहुने र अपाङ्गता छात्रबृतिमा पनि नक्कली अबिभावक बनेर रकम हिनामिना गर्ने गरेकोले त्यसलाई नियन्त्रण गर्ने बताए । बिद्यालयले राखेको छात्रबृती वितरण रेकर्ड हेर्दा प्रधानाध्यापकले अपाङ्गता भएका बिद्यार्थी चन्द्रा कुमारी कार्की मात्र नभएर गुडिया रैदास, बिश्वनाथ बैश्य, ऋषि राज बम रोका र नुर मोहम्मद राईको समेत नक्कली अबिभावक बनाएर छात्रबृति रकम बुझेर लगेको प्रष्ट देखिएको छ ।

रोचक बिषय त के छ भने बिद्यालयको दस्ताबेजमा नुर मोहम्बत राईको नक्कली अबिभाक बनेर कुनै बेला औंठाछाप लगाएर रकम बुझिएको छ भने कुनै बेला अंग्रेजीमा किर्ते हस्ताक्षर गरेर रकम निकासा गरेको भर्पाई प्राप्त भएको छ ।

बिद्यालयमा भएको बेथितीका बिषयमा बिद्यालयका प्रधानाध्यापक सरला देबी आचार्यलाई सोध्दा उनले यसबारेमा आफुलाई कुनै पनि कुरा जानकारी नभएको बताईन् । आफुबाट कुनै पनि गल्ति नभएको र त्यस्तो भएमा सबै रकम तिर्न पनि तयार रहेको उनको भनाई थियो । उनले भनिन् —यो सबै मलाई फसाउन रचिएको प्रपञ्च हो ।

यस बिषयमा नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोर्ख बहादुर थापालाई सोध्दा यस बारेमा कुनै पनि जानकारी नआएको र पीडितहरुले निबेदन दिएमा आवश्यक छानविन प्रक्रिया अगाडी बढाउने उनले बताए ।

 

  • १६ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech