बास नेपालको चितवन शाखामा मणि

असल शासन प्रतिनिधि

चितवन/बास नेपालको चितवन शाखा पुर्नगठन भएको छ ।

केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको उपस्थितीमा शाखा पुर्नगठन भएको हो ।

पुर्नगठित शाखा अध्यक्षमा मणिराज अधिकारी चयन भएका छन् । शाखाको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्षमा क्रमशः सबिता अधिकारी, आकाश पौडेल, रोहन सुनार, बासुदेब सापकोटा निर्बिरोध चयन भएका छन् भने सदस्यहरुमा क्रमशः जानुका धमाला, दिनेश नाईसा मगर, रश्मि श्री सिंह र बिके पोख्रेल चुनिएका छन् ।

शाखा पुर्नगठमा केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, जनसम्पर्क बिभाग प्रमुख कमल शाही, नवलपुर शाखा अध्यक्ष तेजेन्द्र राना, उपाध्यक्ष राजेन्द्र पौडेल, सहसचिव माया कँडेलको उपस्थिती रहेको थियो ।

  • १६ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech